Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

कोभिडको जोखिम बढ्ने, खोप नलगाउने बढी प्रभावित हुने

खबरडबली संवाददाता

काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि भइरहेकाले जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी यतीखेर सर्तक हुन सकिएन भने गाह्रो अवस्था सिर्जना हुने बताउँछन् ।  

“जोखिमयुक्त हुँदाहुँदै जनजीवन सहजीकरण गर्न निषेधाज्ञा खुकुलो गरिएको हो, कोरोना सबै सकियो भनेर होइन”, डा अधिकारीले  भने, “अझै हाम्रो व्यवहार, शैली परिवर्तन गर्नु हुन्न, सबै मापदण्डको पूर्ण पालनामा नचुकौँ ।” मन्त्रालयले अघिल्लो महिनामा सार्वजनिक सूचना नै जारी गरी तेस्रो लहरको सङ्क्रमण आउन सक्ने र त्यस समयमा बालबालिका बढी जोखिममा पर्नसक्ने आंकलन गर्दै अस्पताललाई आवश्यक शय्या व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ । जनस्वासथ्यविद् डा रविन्द्र पाण्डे प्रजाति नै परिवर्तन भएर तेस्रो लहर आउनसक्ने भन्दा पनि यही डेल्टा प्रजाति नै वृद्धि हुने अनुमान गर्छन् । भारतमा समेत सङ्क्रमण बढ्न थालेकाले त्यसको प्रत्यक्ष मार नेपालमा पर्ने वितगको उदाहरण छ । 

मुख्यगरी निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणले गति लिन थालेको जनाइएको छ । बजारमा मानिसको भिडभाड बढ्न थालेको र मापदण्ड पालनामा पुनः लापरवाही देखिन थालेको छ । चार दिन अघिको दैनिक तथ्याङ्कसँग बुधबारको तुलना गर्दा एक हजार ३७६ जना बढी सङ्क्रमित देखिनु भनेको जोखिम बढ्दै गएको सङ्केत हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा बुधबार (असार २३ मा) ११ हजार ८९८ को परीक्षणमा दुई हजार ९७९ मा सङ्क्रमण देखियो । त्यसको अघिलो दिन असार २२ मा भन्दा ३४५ जना बढी सङ्क्रमित अर्थात् १२ हजार ५८५ जनाको परीक्षणमा दुई हजार ६३४ जनामा सङ्क्रमण देखिएको थियो । त्यसको अघिल्लो दिन २१ गतेको तथ्याङ्कमा ११ हजार ५२७ को परीक्षण गर्दा दुई हजार ६२२ मा सङ्क्रमण देखिएको थियो । असार २० गते एक हजार ६०३ जना सङ्क्रमित फेला परेका थिए । 

दोस्रो लहरको सङ्क्रमण फैलिँदा गएको वैशाख पहिलो हप्तादेखि बाग्लुङ जिल्लाबाट निषेधाज्ञा शुरु भएको थियो । वैशाख १६ गतेदेखि उपत्यकालगायत सङ्क्रमण फैलिएको धेरै जिल्लामा आदेश जारी गरिएको थियो । वैशाख र जेठ महिनामा ह्वात्तै बढेको कोरोना असार लागेसँगै घटेपछि विस्तारै निषेधाज्ञा खुकुलो पार्न थालिएको हो ।

सङ्क्रमण घटेसँगै अहिले केही जिल्लाले निषेधको आदेश हटाइसकेका छन् भने लागू भएका जिल्लामा समेत आर्थिक गतिविधि र मानवीय आवागमनलाई सहज पारिएको छ । सबैभन्दा बढी सङ्क्रमण देखिएको काठमाडौँ उपत्यकामा यही २२ गतेदेखि सार्वजनिक सवारीसमेत सञ्चालन गरिएको छ । अन्तर जिल्ला यातायत आवागमन र दर्शक उपस्थित भएर गरिने गतिविधि बाहेकका अन्य गतिविधि खुला गरिएको छ । 

यसरी निषेधको आदेश खुकुलो बनाउँदा मानिसमा कोरोना नै हराइसकेको भन्ने सन्देश पुगेकाले समस्या बढ्ने डा पाण्डेको विश्लेषण छ । उनी २५ देखि ३० प्रतिशतको हाराहारीमा सङ्क्रमण दर रहेकै बेला निषेधाज्ञा खुकुलो बनाइनु जोखिम हटेर नभइ आर्थिक र मानवीय गतिविधि चलायमान बनाउनका लागि भएकाले सर्वसाधारणले गम्भीरतापूर्वक बुझ्नुपर्नेमा सुझाव दिन्छन्।
 
गृह मन्त्रालकया प्रवक्त जनकराज दाहाल अहिले कुनै पनि गतिविधि गर्दा स्वास्थ्यका मापदण्डलाई भुल्न नहुनेमा जोड दिनुहुन्छ । मानिस आफैँ सचेत भएनन् भने जोखिम स्वभाविक रुपमा बढ्ने उनको भनाइ छ । उहाँले जोखिमको अवस्था हेरेर जिल्लाले आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइएको समेत जानकारी दिए ।

यस्तो छ सुझाव
जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेलेका अनुसार अहिले मुलुकका विभिन्न जिल्ला कोभिड–१९ को जोखिमबाट बाहिर गएर निषेधाज्ञा खुलाएको होइन । कूल २५ देखि ३० प्रतिशतको हाराहारीमा सङ्क्रमण कायमै थियो । थोरै परिवर्तन मात्रै भएको थियो । यो बेला परीक्षणको दायरा साँघुरो र आम जनता पनि परीक्षणमा उत्सुक नदेखिएको पाइएको रासससँगको कुराकानीमा उनले बताए । काठमाडौँभन्दा गाउँमा धेरै नै सङ्क्रमण रहेको तर परीक्षण हुन नसकेको उनको मुल्याङ्कन छ । 

मुलुकमा केहीदिन यता सङ्क्रमण वृद्धिदर बढ्दो छ । आर्थिक गतिविधि चलायमान गर्न मात्र निषेधाज्ञा खुकुलो पारिएको हो । तर बुझाई फरक पर्दा घाँटी र चिउँडोमा मास्क लगाउने अबस्था देखिन थालेको छ । काम गर्ने क्षेत्रका, तरकारी पसल, अन्य बजारमा काम गर्ने अधिकांशले मास्क लगाएको छैन । त्यसैले सङ्क्रमण बढ्न सहयोग पुर्याएको छ । उनको विष्लेषणअनुसार अहिले नै तेस्रो प्रजाति भित्रिने सम्भावना भने कम छ । तर अहिले कै डेल्टा प्रजाति बढेर तेस्रो लहर आउन सक्ने सम्भावना छ । 

मुलुकमा खोप पनि पर्याप्त मात्रामा आउन सकेको छैन । अहिलेसम्म २६ लाख मानिसले पहिलो मात्रा र साँढे ८ लाख मानिसले दोस्रो मात्राको खोप लगाएको सरकारी तथ्याङ्कमा उल्लेख छ । यो बेला धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउनु पर्दथ्यो । त्यो सम्भव नभएपछि अबको लहरमा खोप नलगाएकाहरू बढी जोखिममा रहने उनको जिकीर छ । 

जोखिम रोक्ने मुख्य उपाय भनेको भिडभाड रोक्नु र मानिसमा स्वास्थ्यको मापदण्ड पूर्ण पालना गराउनु हो । उनी भिडभाड हुने ठाउँमा सुरक्षाकर्मी परिचालन गरी आवश्यक परे जरिवाना नै लगाउन सुझाव दिन्छन् । “ठाउँठाउँमा जनचेतना पनि आवश्यक छ, थाहा हुँदाहुँदै पनि मासिन सचेत भएका छैनन्, आफूलाई नपरेसम्म नजरअन्दाज गर्ने हाम्रो सोच छ, त्यो सोच बदल्न जरुरी छ”, डा पाण्डेले भने । नेपालमा फैलिएको डेल्टा प्रजातिको विश्वभरी नै प्रभाव छ । यो झण्डै १०० देशमा फैलिएको छ । डेल्टालाई रोक्न धेरै मुलुक बन्दाबन्दीमा छ । डेल्टा प्लस पनि परीक्षणमा देखिइसकेको छ । अब नरम खालको वा कडा खालको पनि आउन सक्ने उहाँ बताउनुहुन्छ । राम्रो अध्ययन नहुँदा जोखिम बढ्दो नै छ । 

नेपालमा युवाले खोप नलगाएका कारण उनीहरूसमेत जोखिममा छन् । बालबालिका मात्रै जोखिममा पर्ने होइन । जुनजुन क्षेत्र चलायमान गरियो । त्यसमा नीति, नियम तथा मापदण्ड पूर्ण पालना गराउन जरुरी हुन्छ । यातायत, मालपोत, कर कार्यालमजस्ता क्षेत्रमा एकदम भिड छ, त्यो भिड कसरी कम गर्ने ? गम्भीर बन्नुपर्ने उनको तर्क छ । सरकार र नागरिक मिलेर आआफ्नो क्षेत्रबाट योगदान गर्यौँ भने नियन्त्रण सम्भव छ, नत्र अफ्ठेरो अबस्था आउन सक्ने उहाँको ठम्याइ छ । अहिले भारतमा समेत फेरि सङ्क्रमण बढ्न थालेको छ । भारतमा बढ्नु भनेको नेपालमा पनि बढ्ने सङ्केत हो । कोरोनाको पहिलो लहर र दोस्रो लहर आउँदा पहिले भारतमा आएपछि त्यसको केही हप्तामा नेपालमा महामारी भएको थियो । डा पाण्डेले भन्छन्, “पुनः जोखिम उच्च देखिएकाले हामीले कतै लापरबाही गर्यौँ की, समीक्षा गरौँ ।” रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending