Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पछिल्लो एक वर्षमा ७६२ थप व्यावसायिक फर्म दर्ता

रासस

म्याग्दी । जिल्लामा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रु २६ लाख आठ हजार १२३ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । 

“पहिले देखिनै सञ्चालन भएका उद्योग तथा फर्महरू कानूनी दायारामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता सङ्ख्या बढेको हो”, उनले भने, “नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।” उद्योग दर्ताबाट रु १४ लाख ३४ हजार १२३ र वाणिज्य फर्म दर्ताबाट रु ११ लाख ७४ हजार राजस्व सङ्कलन भएको हो । नयाँ दर्ता भएका ५०० वटामध्ये ३६८ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ वटा वाणिज्य फर्म नवीकरण भएका छन् ।

यसैगरी चालु आर्थिक वर्षमा कूल रु एक करोड १६ लाख २८ हजार बजेट विनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ र बित्तीयतर्फ ७६ प्रतिशत प्रगति गरेको जनाएको छ । दुई ८५ जनालाई सीपमुलक तालिम प्रदान गरेको छ । 

एक सय ५१ जनालाई उद्यमशीलता विकास, ३८ जनालाई युवा उद्यमशीलता सीप विकास, २७ जना उद्यमी सिर्जना, १६ जनालाई उद्योग प्रर्वद्धन, कोरोनाका कारणले श्रम छाडी घर फर्केका ३५ जनालाई सीप विकास, १८ जनालाई परम्परागत सीपमा आधारित व्यवसाय प्रर्वद्धन तालिम प्रदान गरेको छ । 

अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाईकटाई, ब्युटी पार्लर, कम्प्युटर, हावस वायरीङसम्बन्धी तालिम दिएको हो । एघार पटक ११८ वटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ । सोह्र जना उद्यमीलाई रु १३ लाख ७६ हजार मूल्य बराबरको उपकरण बितरण गरेको छ । 

कार्यालयले बुधबार बेनीमा समक्षा कार्यक्रमको आयोजना गरेर वार्षिक गतिविधी सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले सीपमुलक तालिम र बजार अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending