Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अनुदान पाएपछि शुक्लाफाँटका किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

रासस

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख गराइएको छ ।

व्यावसायिकरूपमा बाख्रापालनका लागि परियोजनाले रु १५ लाख २२ हजार १५० र समूहमा आबद्ध किसानले रु १४ लाख ७० हजार ५० रकम बेहोर्ने सम्झौता गरिएको छ । कार्यक्रमको कूल लागत रु ३० लाख रहेको छ । समूहमा आबद्ध २४ परिवारले गरेको बाख्रापालनबाट ११५ जना लाभान्वित भएका छन् । नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टले खरी, जमुनापारी, बोयर क्रस, वारवरी, विटल, सिरोही, जमुनापारी क्रस जातका बाख्रा वितरण गरिएको जानकारी दिए ।

“व्यावसायिकरूपमा बाख्रापालनको कार्यमा संलग्न किसानलाई आधुनिक तरिकाले बाख्रापालन गर्ने तौरतरिकाबारे तालिमका माध्यमबाट जानकारी दिनका लागि कार्य अगाडि बढाइएको छ”, उनले भने, “खोर व्यवस्थापनदेखि आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि किसानलाई सुसूचित गर्दैछौँ ।” उनका अनुसार बाख्रामा विशेषगरी निमोनिया, खोरेत, भ्यागुते, थुनिलो, कक्सीडियोसीस, कन्टेजियस इकथाइमा, जुकालगायतका रोग देखापर्ने गरेका छन् ।

बाख्रालाई सन्तुलित आहारको व्यवस्थाका लागि समेत किसानलाई जानकारी दिने गरिएको उनले बताए  । बाख्राका लागि आवश्यक पर्ने डालेघाँस र अन्य पोषणयुक्त घाँसका बिरुवा लगाउनका लागि गाउँ नजिकैको सार्वजनिक नदी तटीय क्षेत्रको जग्गालाई छनोट गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए । नदी तटीय क्षेत्रमा झण्डै २० बिघा क्षेत्रफलमा तारबार गरी घाँस रोप्ने कार्यलाई केही दिनभित्रै शुरु गरिने उनको भनाइ छ ।

मध्यवर्ती युवा बाख्रापालन समूहका अध्यक्ष तेजबहादुर विष्टले परम्परागत तरिकाले बाख्रापालन गर्दा लागत खर्च धेरै आउने गरेको उल्लेख गर्दै आधुनिक तरिकाले बाख्रापालन गर्दा लागत घटन गई आम्दानी बढ्ने भएकाले यसलाई व्यावसायिकरूपमा अगाडि बढाउन हौसिएको बताए । “चरिनचरनका लागि विगतको जस्तो बाख्रालाई निकुञ्ज क्षेत्रमा अब लग्दैनौँ”, उनले भने, “पोषणयुक्त घाँसखेती गरी घरमै व्यवस्थितरूपमा बनाइएका खोरमा राखेर बाख्रापालनको कार्य हुन्छ ।”
 
बाख्रापलन विशेषगरी मासु र दुग्ध पदार्थ उत्पादनका लागि गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले बताए । उनले भने,  “बाख्रापलन कम लागत र सामान्य हेरचाह गर्दा पुग्ने भएकाले विपन्न वर्गका किसानको जीविकोपार्जनको माध्यमका रूपमा यो व्यवसाय रहेको छ । गरिबी हटाई विपन्न वर्गका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि यस व्यवसायले सघाउ पुर्‍याउने विश्वास लिएका छौँ ।”

व्यावसायिकरूपमा बाख्रापालन व्यवसायमा संलग्न किसानको व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाबाट समेत सहयोग गर्न तत्पर रहेको उनले बताए । मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई व्यावसायिक बाख्रापालनतर्फ डोहोर्‍याइएको उहाँको भनाइ छ । सिमलफाँटा गाउँका अधिकांश परिवारले बाख्रापालन गर्दै आएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending