Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

चार चिनियाँ नागरिक पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित जियाङ्यु खाजन होटलबाट गए राति पक्राउ परेका उनीहरूलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ बालुवाटार बस्ने चीन युनान प्रान्तका जिउ पियुचिङ, काठमाडौँ ठैटी बस्ने चीन हुबे प्रान्तका जिङविङ, हेनान प्रान्ताका निउ युङ र जुआङगदोञ्ज प्रान्तका पियुङ हुई रहेका छन् ।

काठमाडौँ महानगरपालिका–१७ ज्याठामा चिनियाँ नागरिक जम्मा भई सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।

सोही क्रममा दुर्भल वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार र सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाइरहेको फेला परेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट नगद रु आठ लाख ८९ हजार, जुवातास खेल्न प्रयोग गरेको दुई थान विद्युतीय टेबल, जुवातास खेल्न प्रयोग हुने ४१० थान प्लाष्टिकको गोटी, सात थान मोबाइल, एक थान बाघको छालाजस्तो देखिने वस्तु, २० थान गाईको छालाजस्तो देखिने वस्तु र २० थान कस्तुरीको बिनाजस्तो देखिने वस्तु फेला परेको छ ।

यस्तै ९०० थान बुद्धचित्त, करिब २० किलो रुद्राक्ष, विभिन्न चिनियाँ बैंकको ३५ थान एटिएम कार्ड, २५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), दुई थान बाघको दाँतजस्तो देखिने वस्तु, दुई थान खुकुरी र एक थान तरबार पनि बरामद गरिएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending