Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

हचुवाका भरमा योजना छनोट गर्दा शून्य प्रगति

खबरडबली संवाददाता

गलकोट । कुनै पूर्वयोजना, त्यसको प्रभाव र आवश्यकताको विश्लेषण नगरी योजना छनोट गर्दा कार्यान्वयनमा समस्या भएको छ । सङ्घीय सरकारबाट स:शर्त अनुदानअन्तर्गत हस्तान्तरण भएर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङअन्तर्गत चालु आर्थिक वर्षमा योजनामा समावेश भएको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित नारायण लिफ्ट सिँचाइ आयोजना आव सकिनै लाग्दासमेत काम शुरु हुनसकेको छैन । योजना सान्दर्भिक नभएको भन्दै रु ५० लाखको योजना शुरु नै हुन नसकेको स्थानीयवासी बताउँछन् ।

यसैगरी रु ४० लाखको लागतमा निर्माण गर्ने भनेर बजेट आएको जैमिनी नगरपालिकाको दमेकस्थित रितिप फेदी राउदी सिँचाइ आयोजनाको हालत पनि उस्तै छ । हचुवाका भरमा योजना छनोट गर्दा शुरु नै हुन नसकेको सङ्घीय सरकारका यी दुई योजना उदाहरण मात्रै हुन् । यस्ता सिँचाइ योजना बागलुङमा दर्जनभन्दा बढी छन् । नारायण लिफ्ट सिँचाइ योजना ३०० मिटर उचाइमा पानी तान्नुपर्ने भएकाले सरकारी मापदण्डभन्दा बाहिर परेका कारण शुरु नै हुन नसकेको हो ।

आवश्यकता नै नभएको स्थान, प्राविधिक मूल्याङ्कन नमिल्नुजस्ता कारण जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले योजना कार्यान्वयन गर्न नसकेको स्वीकार गरेको छ । डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)बिनै योजना छनोट गर्ने, आवश्यकता नभएको स्थानमा योजना, योजना संशोधनमा समस्या र कोरोनाका कारण योजना कार्यान्वयनमा यस वर्ष समस्या भएको डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सङ्घीय सरकारका अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन् ।

कार्यालय प्रमुख सुरेन्द्र पौडेलका अनुसार हालसम्म सङ्घीय सरकारबाट हस्तान्तरण भएर आएका १६ सिँचाइ आयोजनाको प्रगति ४० प्रतिशत रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेशका योजनाको कार्यान्वयन भने सन्तोषजनक छ । अहिले प्रदेशअन्तर्गत चालु आवमा सञ्चालित ५६ योजनाको प्रगति ६० प्रतिशत र असार मसान्तसम्म ८० प्रतिशत पुग्ने पौडेलको भनाइ छ । “सङ्घीय सरकारका १६ र प्रदेश सरकारका ५६ आयोजनामध्ये केही सिँचाइ आयोजना शुरु नै हुन सकेनन्, योजना सान्दर्भिक नभएका कारण कार्यान्वयनमा समस्या आउँछ, योजना छनोट गर्दा हचुवाका भरमा पहुँच पुग्नेले गर्ने भएकाले कार्यान्वयनमा समस्या छ”, डिभिजन प्रमुख पौडेलले भन्नुभयो, “प्रदेशका योजना सन्तोषजनक छन्, केही सिँचाइ आयोजना कोरोनाका कारण सम्पन्न हुन सकेनन् भने केही आयोजना सम्पन्न भएर पनि भुक्तानी लिन नआएका कारण प्रगति थोरै देखिएको हो ।”

यस कार्यालयबाट सम्पन्न हुने ९५ प्रतिशत सिँचाइ आयोजना उपभोक्ता समितिमार्फत हुने भएकाले कारोनाका कारण केही योजना नराम्रोसँग प्रभावित भएको कार्यालयका सूचना अधिकारी शङ्कर बुढाथोकीले बताउनुभयो । बुढाथोकीका अनुसार नदी नियन्त्रणमा भने लक्ष्यअनुसारको प्रगति भएको छ । 

गलकोटको गौदीखोला नदी नियन्त्रणका लागि छुट्याइएको रु ४० लाख बजेटको प्रभावकारी कार्यान्वयन भएको उनको भनाइ छ । विसं २०७३ मा मध्यपहाडी लोकमार्ग विस्तारका क्रममा गलकोट नगरपालिका–११ दरमखोला जलाकुनी मनेवा सिँचाइ आयोजनामा क्षति पुगेर १४ हेक्टर जमीन सिँचाइबाट वञ्चित भएकामा अहिले उक्त सिँचाइ कुलो रु ४० लाखको लागतमा मर्मत गरेपछि सञ्चालनमा आएको छ ।

विसं २०७३ देखि सिँचाइ गर्न नपाएको उक्त खेतमा मर्मतपछि केही सहज भए पनि पुरानै अवस्थामा सिँचाइ पुर्‍याउन भने नसकिएको उपभोक्ता समितिका सचिव तेजेन्द्र श्रीषले जनाकारी दिए । अहिले सात हेक्टरमा भए पनि सिँचाइ पुगेको छ । लामो समयदेखि सिँचाइविहीन उर्वरभूमिमा योजना नपर्नु तर हचुवाका भरमा नयाँ–नयाँ योजना छनोट गर्दा कार्यान्वयनमा समस्या भएको सूचना अधिकारी बुढाथोकीले बताए। चालु आवमा प्रदेशबाट ५६ सिँचाइ योजना निर्माण तथा मर्मतमा रु २६ करोड र सङ्घीय सरकारका १६ योजनामा रु चार करोड ७० लाख रकम विनियोजन भएको थियो । सोमध्ये रु एक करोड ८० लाखमा बरेङ गाउँपालिका तथा जैमिनी नगरपालिकामा ५७६ काठेपोल विस्थापित गरेको डिभिजन कार्यालयले जनाएको छ । 


गाउँपालिकाले बनायो सुविधा सम्पन्न सभाहल

जिल्लाको पहिलो नगरपालिका बागलुङ नगरपालिका अहिले कृषि कार्यालयको भवनमा छ । विसं २०५२ मा स्थापना भएको जेठो र ठूलो नगरपालिकाको नवौँ नीति, बजेट तथा कार्यक्रम होटलमा सञ्चालन भयो । जबकि विसं २०७३ मा स्थापना भएका बागलुङ नगरपालिकाबाहेकका नौ पालिकामध्ये अधिकांशले आफ्नै भवन, सभाहलमा बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

आफ्नै भवन नभएका पालिका जैमिनी नगरपालिकालगायतका पालिकाले जग्गाको जोहो गर्दैछन् भने बडिगाड, ताराखोला गाउँपालिकाले प्रशासकीय भवनसमेत बनाइरहेका छन् । दुर्गम पालिकामध्येको एक ताराखोलाले भने नवौँ नीति, बजेट तथा कार्यक्रम आफ्नै सुविधासम्पन्न झण्डै रु तीन करोड लागतमा निर्माण भएको सभाहलमा सम्पन्न गरेको छ । उक्त सुविधासम्पन्न सभाहल जिल्लाकै १० पालिकामध्ये पहिलो भएको छ । ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलमा करिब ५०० सिट क्षमताको सभाहल निकै आकर्षक र सुविधासम्पन्न छ । 

गण्डकी प्रदेश सरकारको रु एक करोड ६८ लाख र गाउँपालिकाको रु एक करोड १२ लाख गरी रु दुई करोड ८१ लाख ३६ हजार लागतमा निर्माण भएको सभाहल गाउँपालिकाका लागि ठूलो पूर्वाधार भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । उहाँका अनुसार सभाहल निर्माण सम्पन्न भइसकेको छ भने सङ्ग्रहालय तथा प्रशासकीय भवन निर्माणको चरणमा छन् । “भौतिक पूर्वाधारबिना गाउँपालिकाको प्रशासनिक काम गर्न र अन्य योजनामा समेत समस्या हुँदोरहेछ, त्यसैले सुविधासम्पन्न प्रशासनिक भवन, सभाहल तथा सङ्ग्रहालय निर्माण गरेका हौँ”, गाउँपालिकाका अध्यक्ष घर्तीले भन्नुभयो, “अहिले गाउँपालिकाको आफ्नै कार्यालय भए पनि साँघुरो भएको र सुविधासम्पन्न प्रशासकीय भवन निर्माणपछि पुरानो भवनलाई कर्मचारी आवासमा रुपान्तरण गर्नेछौँ ।”

जिल्लामै सुविधासम्पन्न पालिकाको मात्रै होइन, निजीस्तरबाट समेत यत्तिको सभाहल जिल्लामा नभएको गाउँपालिकाको दाबी छ । स्थानीयवासीले दिएको पाँच रोपनी जग्गामा गाउँपालिकाले आफ्नो गौरवको योजनाका रूपमा सभाहल निर्माण गरेको हो । सभाहल बनेपछि ताराखोलाका प्रशासनिक क्रियाकलाप, सभासमारोह यसै भवनमा गर्न थालिएको छ । सभाहलमा राष्ट्रिय जीवन, राजनीति र सशस्त्र द्वन्द्वमा मारिएका शहीदको चित्रसमेत कोरिएको छ । ताराखोलाका मात्रै २५ शहीद छन् । सभाहलभित्रै सार्वजनिक शौचालय, ड्रेसिङ कक्ष, विद्युत् आपूर्ति कक्ष, स्टोर, चमेनागृह, रेष्टुराँ, बार र पार्किङको सुविधासमेत समावेश गरिएको छ । सभाहल निर्माण भएको अर्गल क्षेत्रमा मात्रै वर्षमा एक दर्जन बढी सांस्कृतिक महत्वका मेला हुने गर्छन् । सभाहल नहुँदा बर्सात र अन्य समस्याका कारण मेला तथा महोत्सव खर्चिलो हुँदै आएको थियो । 

गाउँपालिकाको प्रशासनिक भवनदेखि एक किमिको दूरीमा बनेको सभाहल जाने सडक स्तरोन्नति गर्ने योजना गाउँपालिकाको छ । यस्तै घुस्मेलीबाट गाउँपालिका केन्द्र हुँदै सभाहल पुग्ने सडक स्तरोन्नतिका लागि चालु आवमा रु एक करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटमा आगामी वर्ष रु एक करोड थपेर काम पूरा गर्ने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो । गाउँपालिकाले वडा नं १ को अमरभूमि भुस्कातमा औद्योगिक ग्रामसमेत निर्माण गर्न थालिसकेको छ । औद्योगिक ग्रामका लागि रु ५५ करोड लागत लाग्ने डिपिआरमा उल्लेख छ । ताराखोला गाउँपालिकाले ठूला पूर्वाधार निर्माणमा अन्य स्थानीय तहलाई पछि पारेको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending