Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

साउदी अरबले युएई, इथियोपिया, भियतनामबाट आउने यात्रुलाई प्रबेश नदिने

खबरडबली

रियाद । साउदी अरबले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स ९यूएई०, इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छन् । 

साउदी अरबको राज्य सञ्चालित संस्था एसपीएले सरकारी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र यी देशहरू भ्रमण गन पाउने बताइएको छ । नयाँ प्रतिबन्धहरू आइतवार रातिदेखि लागू हुनेछन् ।

विश्व स्वास्थ्य संगठनले मार्च ११, २०२० मा कोभिड–१९को महामारीको घोषणा गरेको थियो । त्यसपछि विश्वका धेरै देशले कोभिड–१९ नियन्त्रणका लागि भन्दै स्वदेशी तथा विदेशी आवागमनलाई कडा पारेका छन् ।
हालसम्म विश्वभरिका १८ करोड ३० लाख १० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भइसकेका जोन्स हकिन्स विश्वविद्यालयले पुष्टि गरेको छ । यस क्रममा साउदी अरबमा अहिलेसम्म चार लाख ९० हजारभन्दा बढी मानिस कोभिड सङ्क्रमित भएका छन् भने सात हजार ८०० भन्दा बढीको कोभिड सङ्क्रमणपछि मृत्यु भएको छ । 

यसैबीच संयुक्त अरब इमिरेट्स ९युएई० ले परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेकोे छ ।

यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो । यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ । 

युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड– १९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

माघ १२ गते पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित माघ १२ गते जनकपुर जाने भएका छन् । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहर...

संयुक्त राष्ट्र र ट्रम्पको शान्ति बोर्ड : विश्व राजनीतिमा नयाँ मोड

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घ ९यूएन० विश्व शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जा...

हामी रुकुम पूर्वलाई विकासको नयाँ मोडलमा लैजान्छौं: प्रचण्ड

देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन म फेरि जनयुद्धको आधारभूमि रुकुम फर्किए

आन्दोलनको नाममा घर जलाउनेहरुलाई कारबाही गर्ने दिन आउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताएका छन् ।  ...

महोत्तरीको उम्मेदवारी दर्तामा ऐतिहासिक चाप, १४३ जनाको मनोनयन

बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिध...

गोरखाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको मनोनयन दर्ता

सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना...

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका  ५० परिवार पानीको समस्याले पीड...

सुनको भाउ तोलामा १० हजार ४ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending