काठमाडौं । नवौं महाधिवेशनबाट निर्वाचित पार्टी संरचनामा फर्किने निर्णय गरेको नेकपा एमालेले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो ।
स्थायी कमिटीले गरेको निर्णय तथा कही नीतिगत निर्णय लिनु पर्ने भएकोले आज आयोजक कमिटीको बैठक बोलाइएको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले बताएका छन् ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । साथै एमालेले असार १८ गते ०७५ जेठ ३ अघिकै केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएको छ। गत फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरी पार्टीलाई पुरानै अवस्थामा फर्काइदिएको थियो । तर, फागुन २८ गते बालुवाटरमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले नवौं महाधिवेशनबाट निर्वाचित संरचना खारेज गरी १० औं महाधिवेशन आयोजक कमिटी बनाएको थियो ।
सोही निर्णयप्रति असहमति जनाउँदै माधव समूहले निरन्तर कानूनी र राजनीतिक संघर्ष गर्दै आएको छ । सर्वोच्च आदालतको जेठको अन्तिम साता आएको आदेशले आयोजक कमिटीलाई मान्यता नदिए ओली समूह पुरानै संरचनामा फर्किन बाध्य भएको हो ।
माधव समूहसंग छलफल नगरी ओली पक्षले बनाएको १९ जना स्थायी कमिटी बैठकले पुरानै संरचनामा फर्किने निर्णय गरेको र त्यसकै निरन्तरताका लागि आज आयोजक कमिटी बैठक बोलाएको हो । तर, १८ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा माधव समूह सहभागि हुने वा नहुने कुनै निर्णय भएको छैन ।
यस विषयमा माधव समूहका नेता युवराज ज्ञवालीले समग्रह प्याकेजमा सहमति नभइ बैठकमा सहभागि हुनुको कुनै औचित्य नभएको बताए । यस विषयमा के कसरी अगाडि बढ्ने भन्ने बारे बैठक बसेर निर्णय लिने बताए । अब ओलीले पुरानो संरचनामा फर्किए भनेर मात्र पुग्दैन उनले गरेको राष्ट्रघाति, जनघाति, लोकतन्त्र र संविधान विरोधी क्रियाकलाप प्रति आत्माआलोचना गर्नु पर्ने बताए ।
माधव समूहले कांग्रेसका सभापति शेरबहादुरलाई प्रधानमन्त्री बनाउन अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नहुने भन्दै उनले त्यो अव अदालतको विषय भएको बताए । ‘राजनीतिक निकासका लागि दिएको हस्ताक्षर फिर्ता हुँदैन । आदालतले जस्तो निर्णय गर्छ त्यो उसकै विषय हो । अब हस्ताक्षर कुनै सर्त हुन सक्दैन,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...
माघ १९ गते, २०८२ - ०८:३०
काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...
माघ १९ गते, २०८२ - ०८:०९
भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...
माघ १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...
माघ १९ गते, २०८२ - ०७:५८
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...
माघ १९ गते, २०८२ - ०७:५३
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...
माघ १९ गते, २०८२ - ०७:३५
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...
माघ १९ गते, २०८२ - ०७:३१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...
माघ १९ गते, २०८२ - ०७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...
माघ १९ गते, २०८२ - ०७:२४
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...



प्रतिकृया लेख्नुहोस्: