पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले मुख्यमन्त्रीमा नियुक्त भएको १५ दिन पछि मन्त्रिपरिषद्का दुई जनालाई कार्यभार सुम्पिएका छ ।
विभागीय मन्त्रीको जिम्मेवारी पाउनेमा कांग्रेसबाट कुमार खड्का र माओवादी केन्द्रबाट मधुमाया अधिकारी रहेका छन् । खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि र सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छ ।
उनीहरुको नाम आझै प्रदेश प्रमुखको कार्यलयमा पठाइएको छ । आफुसंग नियुक्त गरेका अन्य दुई मन्त्री जसपा तर्फका हरिशरण आचार्य र स्वतन्त्र सदस्य राजिव गुरुङलाई कुनै जिम्मेवारी दिइएको छैन ।
सरकारमा सहभागी हुनु अघि नै जसपासंग दुई मन्त्री सहित अर्थ मन्त्रालय दिने सहमति भएको भन्दै अर्थ मन्त्रालय नदिए सरकारमै सहभागी नहुने आचार्यले चेतावनी दिए पछि मुख्यमन्त्री पोखरेल अप्ठ्यारोमा परेका छ ।
उता माओवादी केन्द्रले दावी गरेको अर्थ मन्त्रालय थाहै नदिइ जसपालाई दिने सहमति गरिएकोमा असन्तुष्टि जनाएको छ । अर्थ मन्त्रालय जसपालाई दिने भए भौतिक योजना मन्त्रालय आफुलाई दिनु पर्ने दावी गरेको छ । उता कांग्रेस नेतृत्वको सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका स्वतन्त्र सदस्य राजिव गुरुङले गृहमन्त्री दावी गरेका छन् ।
कांग्रेस भित्रै अर्थ र भौतिक योजना मन्त्रालय आफैसंगै राख्नुृ पर्ने दवाव परेको छ । राजमो सरकारलाई समर्थ गरे पनि सरकारमा सहभागी नहुने नीतिगत घोषणा गरेको छ । मुख्यमन्त्रीमा नियुक्त भएको १५ दिनसम्म मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी तोक्न नसक्दा सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुनै सकेको छैन ।
यसै विषयमा केन्द्रीय नेताहरुसंग छलफल गर्न काठमाडौं आएको उनी मौजुदा मन्त्रिपरिषद्मा दुई जना मन्त्रीलाई जिम्मेवारी दिए अन्य मन्त्रालय सबै आफैसंग राखेका छन् ।
जेठ २७ गते निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले संसदमा विश्वासको मत गुमाए पछि चार दलको समर्थनमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नियुक्त भएको एक हप्तामै संसदबाट विश्वासको मत लिए पनि सरकारको कामकारवाही अगाडि बढ्न नसक्दा उनको कार्यक्षमतामाथि प्रश्न उठाउन थालिएको छ ।
गण्डकी प्रदेशमा ११ मन्त्रालयल रहेकोमा मुख्यमन्त्री सहित कांग्रेस ४, माओवादी ४, जसपालाई दुई मन्त्रालय लिने सहमति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...
माघ १९ गते, २०८२ - ०८:३०
काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...
माघ १९ गते, २०८२ - ०८:०९
भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...
माघ १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...
माघ १९ गते, २०८२ - ०७:५८
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...
माघ १९ गते, २०८२ - ०७:५३
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...
माघ १९ गते, २०८२ - ०७:३५
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...
माघ १९ गते, २०८२ - ०७:३१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...
माघ १९ गते, २०८२ - ०७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...
माघ १९ गते, २०८२ - ०७:२४
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...



प्रतिकृया लेख्नुहोस्: