काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले गरेका सहमति कार्यान्वयन नगर्दा देश गम्भीर अवस्थामा पुगेको बताएका छन्।
विपक्षी गठबन्धनले शनिबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आफुले सोचेको जस्तो नभएपछि अदालतलाई धम्क्याउन थालेको बताए ।
उनले आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको गरिएको जिकिर गरे । ‘मैले संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ’, उनले भने, ‘अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ ।’
‘१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ छ,’ प्रचण्डले भने, ‘१४६ जनाको हस्ताक्षर सर्वोच्चमा दर्ता भइसकेको छ । शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन ?’
सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो इमान्दारीताको फाइदा प्रधानमन्त्री ओलीले उठाएको गुनासो गरे ।
‘केपी ओलीसँग लचक भएर सम्झौतामा अडिग नहुनु मेरो कमजोरी हो। मेरो मन अलि उदार र कमलो छ, भर्खरै एकता भाको पार्टीमा किन झगडा निम्त्याउनु भनेर मैले छाडिदिएको हुँ,’ उनले भने।
उनले संविधानको धारा ७६को उपधारा ५ मा सांसदलाई ह्वीप नलाग्ने गरेर विशेष अधिकार संविधान बनाउँदा नै राखेको स्मरण गर्दै संसद विघटन हुन नदिनका लागि उक्त व्यवस्था राखिएको दाबी गरे।
संसद पुर्नस्थापना तथा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग दावी गर्दै कानूनी र राजनीतिक संघर्ष गर्दै आएको विपक्षी गठबन्धनले आगामी कार्यक्रमको बारेमा शनिबार पत्रकार सम्मेलन गरेको हो । शुक्रबार गठबन्धनले सम्पादकहरुसंग परामर्श गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...
माघ १९ गते, २०८२ - ०८:३०
काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...
माघ १९ गते, २०८२ - ०८:०९
भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...
माघ १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...
माघ १९ गते, २०८२ - ०७:५८
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...
माघ १९ गते, २०८२ - ०७:५३
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...
माघ १९ गते, २०८२ - ०७:३५
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...
माघ १९ गते, २०८२ - ०७:३१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...
माघ १९ गते, २०८२ - ०७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...
माघ १९ गते, २०८२ - ०७:२४
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...



प्रतिकृया लेख्नुहोस्: