काठमाडौं । आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसभित्र सभापति को बन्ने भन्ने होडबाजि चलेको छ । सभापति शेर बहादुर देउवा पार्टीलाई एकतबद्ध बनाइ आगामी निर्वाचनमा कांग्रेसलाई सबै भन्दा ठुलो दल बनाएर बिश्राम लिने भन्दै अन्तिम पटक आफुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
देउवाको इच्छालाई उनकै विश्वास पात्र मानिएका उपसभापति बिमलेन्द्र निधीले चुनौति दिदै आफुले पनि सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । यस्तै, देउवाका अर्का विश्वास पात्र गोपालमान श्रेष्ठले पनि देउवालाई सहयोग गर्न नसकिने बताएका छन् । उनी पनि आफै सभापतिका दावेदार हुन् ।
यस्तै, संस्थापन इतर समूहमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकासमान सिंह, सुजाता कोइराला लगायका नेताबीच सभापतिको उम्मेदवार बन्न घम्साघम्सी परेको छ । महाधिवेशन कै विषयमा छलफल गर्न उसले अपरान्न आफु पक्षीय छ्ट्टै बैठक बोलाएको छ ।
यस्तै, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, युवा नेता गगन थापा लगायतका नेताहरुबीच पनि महाधिवेशन केन्द्रीत रहेर छलफल तिव्र बनाएका छन् । यस्तै कांग्रेसभित्र प्रभावशाली मानिएका दोस्रो तहका नेताहरु उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार कोइरालाको निवास महाराजगञ्ज पुगेर महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिएका छन्। सोमबार निधी निवास बानेश्वरमा भेटघाट गरेका तीन नेताहरुले आजको छलफल पनि त्यसकै निरन्तरता भएको बताएका छन् ।
उनीहरू तीनै जना भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्। त्यसैले सभापतिमा तीनै जना उठ्ने कि एकअर्कालाई सहयोग गरेर एकमात्रै उम्मेदवार बनाउने भन्नेबारे केन्द्रित रहेर उनीहरूले छलफललाई तीव्रता दिएका छन्।
आजको छलफलपछि महामन्त्री कोइरालाले आफूहरू एकै ठाउँमा रहेको दावी गर्दै पार्टीलाई गुट उपगुटबाट मुक्त गरी महाधिवेशन र आगामी निर्वाचनमा सिंगो पार्टी एक भएर लाग्नु पर्नेमा जोड दिए । महामन्त्री कोइरालाले भने, ‘महाधिवेशनमा सभापतिमा को उठ्ने वा कसलाई सहयोग गर्ने त्यो पछि निर्णय हुन्छ । अहिलेलाई हामी एठाउँमा छौं । तीनै जनाको एउटै भ्वाइस महाधिवेशन पछि आगामी चुनावमा कांग्रेलाई शक्तिशाली बनाउनु पर्छ ।’
तीन जनाबीचको छलफललाई निरन्तरता दिने पनि आजको बैठकमा सहमति भएको छ । अहिले पौडेल समूहको बैठकमा भाग लिन प्रकासमान सिंह र शशांक कोइराला बसुन्धारा जाने तयारीमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...
माघ १९ गते, २०८२ - ०८:३०
काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...
माघ १९ गते, २०८२ - ०८:०९
भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...
माघ १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...
माघ १९ गते, २०८२ - ०७:५८
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...
माघ १९ गते, २०८२ - ०७:५३
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...
माघ १९ गते, २०८२ - ०७:३५
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...
माघ १९ गते, २०८२ - ०७:३१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...
माघ १९ गते, २०८२ - ०७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...
माघ १९ गते, २०८२ - ०७:२४
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...



प्रतिकृया लेख्नुहोस्: