Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज सम्पन्न प्राधिकरणको निर्देशक समितिको १९ औं बैठकले आर्थिक वर्ष २०७७/७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवास लगायतका पुनःनिर्माणका कामहरु सो अवधिसम्म सम्पन्न गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोभिड महामारीको दोस्रो लहर नियन्त्रणका लागि घोषणा गरिएको निषेधाज्ञाका कारण निजी आवास पुनःर्निर्माणलगायतका काममा अवरोध आएकाले यसअघिको बहिगर्मन तथा हस्तान्तरण कार्ययोजना परिमार्जन गरिएको बताए ।

ज्ञवालीले यथासंभव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकभित्र ती कार्यहरु सम्पन्न गरिने र सोही अवधिमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणका कार्यलाई पनि एकैसाथ अघि बढाइने जानकारी दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उल्लेखित कार्यका लागि आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनबाटै आवश्यक बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।  

बैठकले कोभिड–१९ महामारीको दोस्रो लहरका कारण काम सम्पन्न गर्न नसकेका निजी आवासका लाभग्राहीहरुलाई २०७८ कार्तिक मसान्तसम्मको समयावधि तोकी उक्त कार्यको फछ्र्यौट गर्ने निर्णय पनि गरेको छ ।

बैठकले निर्माण कार्य सम्पन्न गरेका तर सुरक्षित घरको मापदण्ड पूरा गर्न नसकेका निजी आवासका लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमार्फत् संभव भएसम्म सुधार गराउने गरी अनुदानको बाँकी किस्ता रकम उपलब्ध गराउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ ।

बैठकले नेपालको पुनः निर्माणसम्बन्धी प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलन २०७८ मंसिर २१–२३ गते तद्अनुसार सन् २०२१ डिसेम्बर ७–९ मा आयोजना गर्न स्वीकृति दिएको छ । प्राधिकरणले तत्कालीन अवस्था हेरी भौतिक तथा भर्चुअल माध्यमको मिश्रित मोडलमा उक्त सम्मेलनको आयोजना गर्नेछ ।

त्यसैगरी, उक्त बैठकले निजी आवास पुनः निर्माणमा खटिएका इन्जिनीयरहरुलाई यसअघि गरिएको समझदारीअनुसार सञ्चार तथा यातायात खर्च र दुर्गम भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

बैठकमा कानुनमन्त्री लीलानाथ श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, मुख्यसचिव शंकरदास वैरागी, गृहसचिव महेश्वर न्यौपाने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, पुनः निर्माण प्राधिकरणका निर्देशक समिति सदस्य प्रा.डा. तारानिधि भट्टराईलगायतको उपस्थिति थियो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।  यातायात विभागका अनुसार...

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले...

दोस्रो सातामा ‘महाजात्रा’ ,क्युएफएक्सले भन्यो ‘सुपरहिट’

काठमाडौ‌ं ।  ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकस...

दुई परीक्षा केन्द्रकाे एसइई परीक्षा रद्दको निर्णय हुँदै

काठमाडौं । प्रश्नपत्र आउट भएका दुई ठाउँमा परीक्षा रद्दको निर्णय हुने भएको छ । बझाङ र सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहीरीएका दुई ठाउँको परीक्ष रद्...

दिनदिनै नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, शुक्रबार कतिमा हुँदै छ कारेबार ?

काठमाडौं  । नेपाली बजारमा शुक्रबार  सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम गरेको थियो ।  बिहीबकार १...

नेता कार्यकर्तालाई गाउँमा केन्द्रित हुन देउवाको निर्देशन

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कार्यकर्तालाई गाउँमा केन्द्रित हुन निर्देशन दिएका छन् ।  कांग्रेस नेता स्वर्गीय खुमबहाद...

कपनबाट कटुवा पेस्तोलसहित लिम्बु पक्राउ

काठमाडौ‌ । जिल्ला प्रहरी परिसर काठमाडौ‌ले काठमाडौ‌को कपनबाट पेस्तोलसहित  एकजना पक्राउ गरेको छ । गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतिया...

आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन सकिन्नः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा...

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको उद्घाटन गर्न प्रधा...

फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्र...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies