Ntc summer Offer
Khabar Dabali २ फाल्गुन २०८१ शुक्रबार | 14th February, 2025 Fri
Investment bank

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केहि भू–भागमा र वाग्मती प्रदेश, पदेश नं. ५ र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला र खरे खोलमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध पनि गरेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनुका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । शुक्रबार देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
प्रदेश नं १ र वाग्मती प्रदेशहख एक/दुई स्थानमाा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । असार १२ गते शनिबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश नं १, प्रदेश नं २ र वग्गमती प्रदेशका  थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’को घोषणा

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र ...

ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने नाइके एमाले अखिलका नेता जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् । प्रहरी कुटपिट घटनामा संलग्न रहे...

वरिष्ठ संगीतकर्मी प्रदिप भट्टराईको नयाँगीत“उमेर ढल्केको“ सार्वजनिक

काठमाडौं ।  नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत“उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  नेपाली ...

मानव बस्तीमा पसेको बाघको बच्चाको उद्धार

दाङ ।  बर्दियाको ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रबाट बिहीबार बिहान एउटा बाघको बच्चालाई उद्धार गरिएको छ।  मानव बस्तीमा पसेर स्थानीयका बाख्रा ख...

माओवादीको नेतृत्वमा रहेका सबै १२३ स्थानीयतहमा जनताको मन छुने काम भइरहेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको बताएक...

सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाउने दुई जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको ठूल...

भायानेटको कनेक्टिभिटी अब फुटबल मैदानसम्म, महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक बन्यो भायानेट

काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पन...

भायानेटले बुझायो ५५ करोड रुपैयाँ रोयल्टी र आरटीडीएफ

काठमाडौं । भायानेटले सबै बक्यौतासहित पछिल्लो आवको रोयल्टी र आरटीडीएफ गरी एकै पटक ५५ करोड रुपैयाँ बुझाएको छ। इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिके...

जनयुद्धलाई भ्रमपूर्ण तरिकाले व्याख्या गर्नेहरूबाट माओवादी नेतृत्व जोगिन सकेन

सत्ता स्वार्थमा रहँदा जनयुद्ध ‘ठीक’ देख्ने र सत्ताबाहिर रहँदा ‘जघन्य हत्या’ ?

महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन

कैलाली  । मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ । धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्य...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy