काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केहि भू–भागमा र वाग्मती प्रदेश, पदेश नं. ५ र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।
साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला र खरे खोलमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध पनि गरेको छ ।
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनुका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । शुक्रबार देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश नं १ र वाग्मती प्रदेशहख एक/दुई स्थानमाा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । असार १२ गते शनिबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश नं १, प्रदेश नं २ र वग्गमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: