काठमाडौं । ओली नेतृत्वको सरकारमा सामेल भएको तीन हप्ता नपुग्दै सर्वोच्चले मन्त्रीहरुलाई बर्खास्त गरिदिएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुको बैठक आज बस्दै छ ।
बिहीबार दिउँसो १ बजे बबरमहलमा बस्न लागिएको बैठकमा सर्वोच्चको फैसला पछि उत्पन्न पछिल्लो राजनीति, पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले पत्र काटेको सम्मन्धमा छलफल केन्द्रीत हुने नेता राजकिशोर यादवले बताए ।
सत्ता समिकरणको विषयलाई लिएर विभाजको डिलमा पुगेको जसापा आन्तरिक विवादलाई थाँती राख्दै ठाकुर समूह ११ मन्त्री सहित सरकारमा सहभागी भएको थियो । तर, सर्वोच्च अदालतले कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्रीले राज्यलाई भार पर्ने गरी मन्त्रिपरिषद् पुर्नगठन गर्न नमिल्ने भन्दै पछिल्लो मन्त्रिपरिषद्लाई मान्यता नदिएपछि जसपाका मन्त्रीहरु सरकारबाट बाहिरिनु परेको थियो ।
यसैगरी पार्टीहित विपरित ओली नेतृत्वको सरकारमा सामेल भएको भन्दै अध्यक्ष ठाकुर सहित सरकारमा गएका मन्त्रीहरुलाई निष्कासन गरेको यादव पक्षले आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । यादव पक्षले पार्टीको आधिकारीकता दावी गर्दै निवेदन दिएपछि आयोगले ठाकुृर समूहलाई १५ दिनभित्र पार्टीको निर्णय पेश गर्न पत्र पठाएको छ ।
आजको बैठकले यादव समूहका २० जनालाई कारवाही गरी रिक्त स्थानमा आफ्नो पक्षका सदस्य थपेर बहुमत पुर्याउने तयारीमा ठाकुर समूह रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: