Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

सरकार विरुद्ध पाँच विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दै

खबरडबली संवाददाता

काठमाडौं । सरकारविरुद्ध विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले प्रदर्शन गर्ने भएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकार विरुद्ध आज विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गर्न लागेका हुन् ।

संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्चमा बुधबारबाट निरन्तर बहस शुरु भएपछि विपक्षी दलहरुले सडकबाट समेत सरकारमाथि दबाव दिने रणनीति बनाएको छ । 

सरकारले अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी हर्कत जारी राखेको, कोरोना महामारी नियन्त्रण तथा नागरिको सुरक्षाको लागि कुनै पहल नगरेकोले सडकमा उत्रिन बाध्य भएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

सडक प्रदर्शनमा स्वास्थ्य मापदण्ड  र भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गरिने तामाङले बताए । सरकारले दोस्रो पटक संसद विघटन गरेपछि सरकार विरुद्ध पहिलो पटक विपक्षी गठबन्धन घोषितरुपमा पहिलो पटक सडक संघर्षमा उत्रिन लागेका हुन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE