काठमाडौं । सत्तारुढ दल नेकपा एमाले विभाजनको मुखमा रहेको छ । विभाजनबाट पार्टीलाई जोगाउने दुवै पक्षका दोस्रो तहका नेताहरुको निरन्तर प्रयासबाट पनि कुनै सकारात्मक परिणा निष्कन सकेको छैन ।
दुवै पक्षले पार्टी एकता सहमति नजिक रहेको दावी गरिरहेका बेला अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने अदालतको आदेश विरुद्ध सोमबार सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गरेपछि पार्टी एकता ओलीले नै नचाहेको माधव समूहले आरोप लगाएका छन् ।
यद्यपी अझै पनि पार्टी एकताका लागि दुवै पक्षका युवा नेताहरु लागि परेका छन् । सोही विषयमा माधव समूहका नेता भीम प्रसाद आचार्यले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् । आचार्यले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना धारणा अगाडि सारेका हुन् ।
उनले नेकपा बिभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको बताएका छन् । ०६२ /६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेकोमा चिन्ता व्यक्त गरेका छन् ।
‘अहिले नेकपा एमाले भित्र घात/प्रतिघात, गुट /उपगुट, बिस्वास/अविस्वास, कार्वाही/प्रतिकार्वाही, समर्थन/बिरोध जस्ता कृयाकलाप हरू भैरहेका छन्’, उनले भने, ‘गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका बिभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य श्रोत हो ।’
विवाद अन्त्यका लागि आचार्यले अगाडि सारेका प्रस्ताव :
(१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्बाचित गरेको केन्द्रिय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा बैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठन हरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्बभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णय हरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु घोषणा गर्नु पर्दछ ।
(३) पार्टी भित्रका गुटहरुको टकरावका कारण यसबीच भयका द्वन्द्व र कामहरु को उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आबश्यक छ ।
(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
(५) पार्टीलाई बिधि/बिधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नु पर्दछ ।
(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टी हरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै बिकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: