श्रावण १३ गते, २०७२ बुधवार 29th July, 2015 Wed०७:२३:५९ मा प्रकाशित
१३ साउन काठमाडौं ।दृश्य १ : कोटेश्वरबाट बा२ख २३०४ नम्बर चक्रपथ परिक्रमा रुटको सार्वजनिक गाडी चढेका यात्रु सिनामंगल र एयरपोर्ट ओर्लिए। उनीहरुसँग सहचालकले १५ रुपैयाँका दरले भाडा लिए। केही यात्रुले प्रतिवाद गर्दै सोधे,‘भाडा त १३ रुपैयाँ होइन र ? खै दुई रुपैयाँ फिर्ता दिनू।’ सहचालक ुचानचुन छैनु भन्दै अर्कोतिर फर्किए, चालकले गाडी कुदाइहाले।
दृश्य २ : चाबहिलबाट बा२ख ९५५ नम्बरको बस चढेका यात्रु सुकेधारा तथा चप्पलकारखानामा झरे। उनीहरुले पनि चानचुन नभएको बहानामा सहचालकबाट दुई रुपैयाँ फिर्ता पाएनन्। सरकारी भाडादरअनुसार यी दुवै गाडीका सहचालकले ती क्षेत्रमा ओर्लने यात्रुसँग १३ रुपैयाँ मात्र भाडा लिनुपर्छ। व्यवहार यस्तो छैन। उनीहरु हरेक यात्रुसँग दुई/दुई रुपैयाँ बढी भाडा असुलिरहेका छन्। एक दिनमा ती गाडीले औसतमा हजार यात्रु बोक्ने गरेको व्यवसायी बताउँछन्।
अाजकाे नागरिक दैनिकामा खबर छ । उनीहरुकै जानकारीअनुसार ती गाडीमा दैनिक विद्यार्थी परिचयपत्र बोक्ने यात्रुको संख्या ३ सय हाराहारी हुन्छ। बाँकी ७ सय जनाबाट भने उनीहरुले यसैगरी चानचुन नभएको बहानामा एक र दुई रुपैयाँ फिर्ता नगरी दैनिक हजारदेखि १२ सयसम्म बढी रकम उठाउँदै आएका छन्।
बानेश्वरदेखि अनामनगरसम्म दिनहुँ नेपाल यातायात चढ्ने गरेकी ४२ वर्षीया सरिता चौलागाईं भन्छिन्, ‘हामीले एक रुपैयाँ पुगेन भन्दा बसभरि बेइज्जत गर्छन्, उनीहरु भने हरेक दिन दुई रुपैयाँ फिर्ता दिँदैनन्, माग्दा पनि भाडा घटेको छैन भन्छन्, कि त चानचुन छैन भन्दै टार्छन्।’ आफूले कुनैकुनै सहचालकसँग झगडै गरेर भए पनि भाडा फिर्ता लिएको बताइन्। मंगलबार बा१ख ९९६८ नम्बरको बसका सहचालकलाई आफूले चानचुन मिलाएर १३ रुपैयाँ दिएको सुनाइन्।
चक्रपथ परिक्रमा र नेपाल यातायात मात्र होइन, उपत्यका तथा देशभरका सडकमा गुड्ने बस, मिनिबस, माइक्रो, ट्याक्सीलगायत ७० हजारभन्दा बढी सवारीसाधनले ६ महिनाअघि सरकारले घटाएको भाडादर लागू नगरी जबर्जस्ती बढी भाडा असुलिरहेका छन्। सरकारले गत माघ २६ देखि लागू हुने गरी सार्वजनिक सवारीको भाडा घटाए पनि यातायात व्यावसायीको \'दादागिरी\' ले यात्रु पुरानै दरले भाडा बुझाउन बाध्य छन्।
पेट्रोलियम पदार्थमा मूल्य घटेपछि सरकारले यातायात व्यवसायीसँग सहमतिमा भाडा घटाउने निर्णय गरेको थियो। व्यवसायी भने अटेर गर्दै पुरानै दरमा भाडा असुलिरहेका छन्। पुरानै दरमा भाडा असुल्दा देशभरका सवारीसाधनले दैनिक एक करोडभन्दा बढी रकम यात्रुबाट ठगिन्छन्। उपत्यकामा मात्र दैनिक गुड्ने ३ हजार बस तथा मिनिबसले दैनिक ३० लाख यात्रु चढाउने र ओराल्ने गर्छन्।
एउटै यात्री चार/पाँचपटकसम्म चढ्ने र ओर्लने तथा काठमाडौं भित्रने र बाहिरिनेसमेत गरी यात्रुको संख्या बढी देखिने ट्राफिक प्रहरीको तथ्यांक छ। यस हिसाबले उपत्यकाका सडकमा बस तथा मिनिबस चढ्ने यात्रुबाट मात्र व्यवसायीले दैनिक ४५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्दै आएको देखिन्छ। कौशलटारबाट नयाँबजारस्थित कार्यालय दैनिक आउजाउ गर्ने गोपी पौडेलले दिनमा चारपटक बस चढ्ने क्रममा दैनिक ८ रुपैयाँ ठगिँदै आएको बताए।
‘जति किचकिच गरे पनि चानचुन छैन भन्छन्’ उनले भने, ‘अब त दिक्क लागेर पैसा फिर्ता माग्नै छाडिसकेँ।’ उनले भाडा कार्यान्वयन गर्ने सरकारी निकायबाटै व्यवसायीलाई उपभोक्तामाथि लुट्ने छुट दिइएको आरोप लगाए।
उपत्यकामा ठूला सार्वजनिक सवारीबाहेक दैनिक ५ हजार ६ सय ट्याक्सी, १ हजार ७ सय टेम्पो, १ हजार ६ सय माइक्रोमा समेत यात्रु ओहोरदोहर गर्छन्। तीमध्ये ट्याक्सीले दैनिक औसतमा सय किलोमिटर दुरी तय गर्छन्। सरकारले तोकेको भाडादरअनुसार ट्याक्सीचालकले यात्रुबाट प्रतिकिलोमिटर ३६ रुपैयाँ भाडा लिनुपर्नेमा पुरानै दर ३७ रुपैयाँ असुलिरहेका छन्। यस हिसाबमा एउटा ट्याक्सीले दैनिक उपभोक्ताबाट मिटरमा जाँदा मात्रै सय रुपैयाँ बढी लिएको देखिन्छ। उपत्यकाभरि गुड्ने सबै ट्याक्सीको हिसाब गर्दा दैनिक ५ लाख ६० हजार रुपैयाँ ठग्ने गरेको देखिन्छ। मिटरमा जान नमानी मनोमानी रुपमा भाडा असुल्दै आएका ट्याक्सीचालकले कति ठग्छन्, हिसाबकिताबै छैन। यसैगरी, माइक्रो र टेम्पो गरी ३ हजार ३ सय सवारीचालकले दैनिक ५ सयका दरले १६ लाख ५० हजार रुपैयाँभन्दा बढी भाडामा ठग्ने गरेका छन्।
यसरी हेर्दा उपत्यकामा गुड्ने सबै ठूला तथा साना सवारीसाधनबाट मात्र यातायात व्यवसायीले दैनिक ६७ लाख १० हजार रुपैयाँ बढी भाडा असुल्दै आएको देखिन्छ। उपत्यकामा झैं देशभर दैनिक गुड्ने लामा, मध्यम तथा छोटो दुरीका गरी ५० हजार सवारीसाधनले यात्रुबाट एक वा दुई रुपैयाँका दरले बढी भाडा असुल्दा दैनिक करिब एक करोड रुपैयाँ ठग्ने गरेका छन्। लामो दुरीका गाडीमा व्यवसायीले २० रुपैयाँसम्म बढी रकम ठगी गर्दै आएका छन्। यो सरकारी दरमा मात्र ठगिएको हिसाब हो। कलंकी, कोटेश्वरलगायत राजधानी बाहिरिने नाकामा सरकारी दरको बोर्डसम्म नहुँदा यात्रु र सवारी व्यवसायीबीच मनपरी ‘बार्गेनिङ’ चल्छ। सोझा यात्रु तोकिएको भन्दा दोब्बरसम्म भाडा तिर्न बाध्य हुन्छन्।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर ३४ हजार ६९ बस, २ हजार ९ सय ७ माइक्रो, ७ हजार ५ सय ३३ टेम्पो, ११ हजार ट्याक्सी, १५ हजार टाटा सुमो, ९ हजार मिनिबसलगायत यात्रुबाहक सार्वजनिक तथा निजी सवारी दर्ता छन्। तीमध्ये दैनिक ५० हजारजति सानाठूला यात्रुबाहक सवारी सञ्चालनमा रहन्छन्। यी मध्ये उपत्यकामा ओहरदोहर गरिरहने १५ हजार सवारीसाधन बाहेक बाँकी ३५ हजार ठूला तथा साना यात्रुबाहक बसले दैनिक ५ लाख यात्रु चढाउने र ओराल्ने गर्छन्। ती मध्ये ३ लाखले लामो दुरी र बाँकीले छोटो दुरी यात्रा गर्ने ट्राफिक प्रहरीको तथ्यांक छ।
यही तथ्यांकअनुसार छोटो दुरीमा ओहरदोहर गर्ने २ लाख यात्रुबाट व्यवसायीले एक र दुई रुपैयाँ गरी कम्तीमा ३ लाख रुपैयाँ र लामो दुरीका ३ लाख यात्रुबाट औसत १५ रुपैयाँका दरले ४५ लाख रुपैयाँ बढी रकम असुल्दै आएको देखिन्छ। उपत्यका र देशभरका सबैलाई जोड्ने हो भने यातायात व्यवसायीले यात्रुबाट भाडामा मात्र दैनिक एक करोड ८ लाखभन्दा बढी रकम ठगी गर्दै आएको भेटिन्छ। गत माघ २६ गते नयाँ भाडादर लागू गरिए पनि व्यवसायीकै दादागिरीका कारण भाडा घट्न सकेको छैन। ६ महिनाको यस अवधिमा दैनिक एक करोड ८ लाखका हिसाबले पनि व्यवसायीले २ अर्बभन्दा बढी रकम यात्रुसँग ठगिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: