Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

अवैध सालको काठ ओसारेका आरोपमा चार पक्राउ

खबरडबली संवाददाता

तुलसीपुर । अवैध रुपमा सालको काठ ओसारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी काठ पनि बरामद गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका-२ का २१ वर्षीय महेश पुन, सोही ठाउँका २८ वर्षीय वसन्त क्षेत्री, २२ वर्षीय विनोद पुन र २८ वर्षीय सुशिल घर्तीमगर रहेका छन् ।

दाङको गढवा गाउँपालिका–५ कक्रहवाबाट अवैध रुपमा सालको काठ चोरी निकासी भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति कोइलाबासदेखि गढवातर्फ अवैधरुपमा सालको काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जनाए ।

उनका अनुसार भे१च १८२१ नंम्बरको बोलेरो पिकअप गाडीमा २६ थान (४५.४९ क्युफिट) काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले बरामद काठसहित चारै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी पठाएको जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा चिनियाँ नागरिक लुट्ने चार जना पक्राउ

पोखरा । पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।  २०८२ चैत १९ गते दिउँसो स...

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन ।  भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

वडाअध्यक्षले गराए अनिश्चितकालीन बजार बन्द

महोत्तरी । गौशाला नगरपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजार अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन्। बजार क्षेत्रको अतिक्रमित संरचना हट...

फोहरबाट मोहरः व्यासले कमायो १७ लाख

तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा...

इरानलाई ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र सम्झौता गर, नत्र...

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र ...

ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँद्वारा माग

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह ...

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि

काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भ...

बंगलादेशमा ग्यास उद्योगमा आगलागी हुँदा ५ जनाको मृत्यु

ढाका । बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।  अग्नि नियन्त्रण सेवा र ना...

एमालेमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरु

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा कमजोर नतिजा आएपछि नेकपा एमालेभित्र विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। निर्वाचन सम्पन्न...

लमजुङमा जिप दुर्घटना : दुईको मृत्यु, १२ घाइते

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएकोमा ३ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, बेँसीसहरबाट उस्ताका...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending