काठमाडौँ । पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच आज भएको छलफलपछि भोलिदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो । निगमको प्रादेशिक कार्यालय थानकोटबाट संचालित ट्याङ्कर चालक र सहचालकलाई खोप लगाउने सहमति भएको निगमले जनाएको छ ।
चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगन्ज र थानकोटस्थित डिपोबाट आजदेखि नै डिपो अपरेशनको कार्य शुरु भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले थानकोट र अमलेखगन्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड अनलोड तथा बिक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम आजैदेखि फिर्ता भएको छ ।
सरकारले सञ्चालन गरेको खोप कार्यक्रमअन्तर्गत निगमको १ नं प्रादेशिक कार्यालय विराटनगर, लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी, भैरहवा, नेपालगन्ज, चारआलीमा ट्रक तथा ट्याङ्कर चालक, सहचालकलाई खोप लगाउने काम सम्पन्न भइसकेको छ ।
निगमको जनकपुर, पोखरा तथा अमलेखगन्ज डिपोमा अहिले खोप लगाउने कार्यक्रम भइरहेको छ । एलपी ग्यास उद्योगी, ग्यास बिक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदूरलाई क्रमिक रुपमा खोप लगाइँदै जाने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: