चितवन । पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ ।
पैँतीस बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १९ महिनाअघि पहिलो पटक ५० हजार चल्ला राखेर कुखुरापालन शुरु गरिएको थियो । क्रमशः बढाउँदै लगेर हाल यो सङ्ख्या तीन लाखमाथि पु¥याइएको फार्मका सुपरभाइजर भुवन लामिछानेले जानकारी दिए । झलक्क हेर्दा विदेशको अनुभूति हुने अत्याधुनिक खोरहरु त्यहाँ रहेका छन् । स्वचालित यन्त्रहरुबाट कम जनशक्तिमा फार्मको व्यवस्थापन गरिएको लामिछानेले बताए । क्लोज हाउस प्रविधिबाट फार्म निर्माण गरिएको छ ।
दाउन्ने कर्पोरेटका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार कुखुराको सङ्ख्यालाई क्रमशः बढाएर लगिने छ । पोखरेलले भने “यो सङ्ख्या देशकै ठूलो हो ।” देशभर अण्डा बिक्री गर्ने सञ्जालसमेत भएकाले काम सम्भव भएको उनको भनाइ छ । हाल फार्ममा दुई लाख कुखुराले अण्डा दिइरहेका छन् । दैनिक एक लाख ४७ हजार अण्डा उत्पादन भइरहेको उनको भनाइ छ । यति नै सङ्ख्यामा कृषकहरुबाट अण्डा सङ्कलन गरेर देशैभर अण्डा पु¥याइँदै आएको पोखरेलले बताए ।
सो कम्पनीको काठमाडौँ, ललितपुर, भक्तपुर, सुर्खेत र इटहरीमा आफ्नै बिक्री कक्ष छन् । त्यसका अतिरिक्त जिल्लाहरुमा अन्य वितरकमार्फत अण्डा बिक्री गर्दै आएको उनले जानकारी दिए । उनले भने, “हाम्रो फार्ममा १० लाख कुखुरा पुग्दा हामीसँग ३० भन्दा बढी आफ्नै बिक्री कक्ष हुनेछन् ।” कम्पनीले आफूले उत्पादन र सङ्कलन गरेको अण्डालाई ‘दाउन्ने ह्याप्पी एग’ का नामबाट ब्राण्डिङ गरेको छ ।
कम्पनीका अध्यक्ष रघुनाथ भट्टले एन्टिवायोटिकरहित अण्डा दाउन्नेले उत्पादन गरेको बताए । उनले भने, “घरघरमा अण्डा पु¥याएर सस्तोमा उपभोक्तालाई खुवाउने अभियानमा हामी छौँ ।” निरन्तरको प्रयासबाट अण्डा उत्पादनमा दाउन्ने अग्रणी कम्पनीका रूपमा स्थापित भएको उनको भनाइ छ । देशभरमा दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुँदै गर्दा दाउन्नेले तीन लाख आफ्नो संयन्त्रबाट बिक्री वितरण गर्दै आएको छ ।
दाउन्ने कर्पोरेटअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । यस्तै कम्पनीले दाउन्ने ट्रेड एण्ड प्याकेजिङ शुरु गर्दै छ । कुखुराबाट जम्मा भएको सुलीलाई प्रशोधन गरेर मलका रूपमा बजारमा ल्याएको छ । ‘दाउन्ने प्राङ्गारिक मल’ को नामबाट बजारमा आउन थालेको छ । यस कम्पनीको लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीमा लगानी छ । कुखुरालाई चाहिने औषधि र दाना आफ्नै रहेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक पोखरेलका अनुसार आउँदो वर्षभित्रमा क्रेट पनि आफ्नै उत्पादन हुँदैछ । क्रमशः कार्टुनसमेत उत्पादन गर्ने तयारी गरिएको छ । लेयर्स कुखुराका लागि आवश्यक पर्ने चल्लादेखि उपभोक्तासम्मको कम्पनी आफैँले गरिरहेको छ । विसं २०६३ मा शुरु भएको दाउन्ने ट्रेडर्स विस्तार हुँदै गएर अहिलेको अवस्थामा पुगेको हो । अण्डाको बजारीकरणबाट शुरु भएको यो व्यवसाय विस्तार हुँदै नेपालको सबैभन्दा ठूलो फर्मका रूपमा विकास भएको छ ।
दाउन्ने कर्पोरेटअन्तर्गतका विभिन्न कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । यसमा माछापुच्छ«े बैंकको ऋण लगानी रहेको छ । ती कम्पनीमा २०० भन्दा बढी साझेदार छन् । क्रमशः लगानी बढाउँदै लगिने पोखरेलको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: