Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

‘केपी ओलीले दवाव दिदैमा म नैतिकता गुमाउने मान्छे होइन’ : निवर्तमान मुख्यमन्त्री गुरुङ

विपक्षीले जंगली व्यवहार देखाए

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पार्टी अध्यक्ष केपी ओलीको दवावमा कुनै काम नगरेको दावी गरेका छन् । आइतबार आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै उनले भने, ‘केपी ओलीले दवाव दिदैमा म नैतिकता गुमाउने मान्छे होइन । प्रदेशको आफ्नै विधि, विधानबाट सरकार चल्छ । कसैको आदेश, आग्रह वा पूर्वाग्रहबाट चल्दैन । संघमा देखिएको विवादको कारण प्रदेश शिकार भयो भन्नु उचित छैन ।’

उनले  कसैलाई दुई घण्टामै मुख्यमन्त्री बन्नु पर्यो भन्दैमा लोकतन्त्रमा विधि, प्रकृया मिचेर पद हस्तान्तरण गर्न गर्न नमिल्ने जिकिर गरे । ‘विपक्षीबाट मुख्यमन्त्रीलाई गलहत्याएर निकाल्नु पर्छ जस्तो जंगली व्यवहार देखाइयो’, उनले भने, ‘शनिबार विपक्षीले जे गरे त्यो गलत गरे । बहुमत दावी गरेपछि सबै कुरा विधि विधान अनुसार हुन्छ । घेराबन्दी नै गर्नु जरुरत छैन ।’

उनले संविधानमा व्यवस्था भए बमोजिम आफुले मुख्यमन्त्रीमा दावी गर्नु स्वाभाविक नै भएको दावी गरे । ‘ संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सभाका ५९ जनाले नै दावी गर्न पाउँछ । मैले दावी गर्न नपाउने भन्ने छ र ? मैले पाउँदैन भन्नु निरङ्कुश चरित्रबाहेक  अरु केही होइन् । मैले दावी गर्दा अपराध हुन्छ ? अलोकतान्त्रीक हुन्छ ? संविधानको कुन धारामा छ ?;, उनले भने । 

 विधि र प्रकृया अनुसार सहज रुपमा लोकतान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्दा समेत आफुमाथि प्रश्न उठाएको गुनासो गरे । विपक्षी दलले सत्ता  र कुर्सी प्राप्तिका लागि अप्राकृतिक गठबन्धन भएको भन्दै त्यो धेरै दिन नटिक्ने दावी गरे ।  ‘जुन उदेश्यले गठबन्धन भयो, त्यसमा तलमाथि हुने वित्तिकै विग्रह शुरु हुन्छ’, उनले भने, ‘जसरी विपक्षी गठबन्धन बनेको छ, त्यो लामो समय टिक्दैन ।’ 

गुरुङले लोकतन्त्र भनेको अराजकतन्त्र र  भिडतन्त्र नभएको टिप्पणी गर्दै जनताप्रति प्रतिवद्ध भएर निर्वाचित दलहरुले अप्राकृतिक गठबन्धन गरेर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाए । अहिले कुनै दल पनि विवाद मुक्त छैन’, उनले भने, ‘सबै पार्टी चिराचिरा भएको छ । अप्रकृतिक गठबन्धन भएको छ । सबै विधि, प्रकृया र विधान मिचेका छन् । यस्तो खालको गतिविधिले केही समय विपक्षीलाई फाइदा भएपनि यस्ता अराजक गतिविधिले दलहरुलाई समाप्त पार्छ ।’


उनले संसद विघटन गरी मध्यावधिमा जाने आफ्नो प्रयास भएको भनि मिडियामा आएको कुर सरासर झुट भएको बताए । आफुले जहिले पनि निष्ठाको राजनीति गर्ने भन्दै उनले मिडियालाई पूर्वाग्रह नराख्न आग्रह गरे । 
यस्तै, उनले  प्रदेश प्रमुखले एकल प्रस्तावको आधारमा विपक्षी दलका नेतालाई मुख्यमन्त्री नियुक्तिमा नियुक्त गरेको भन्नु आफ्नो भावना नबुझेको बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE