पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पार्टी अध्यक्ष केपी ओलीको दवावमा कुनै काम नगरेको दावी गरेका छन् । आइतबार आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै उनले भने, ‘केपी ओलीले दवाव दिदैमा म नैतिकता गुमाउने मान्छे होइन । प्रदेशको आफ्नै विधि, विधानबाट सरकार चल्छ । कसैको आदेश, आग्रह वा पूर्वाग्रहबाट चल्दैन । संघमा देखिएको विवादको कारण प्रदेश शिकार भयो भन्नु उचित छैन ।’
उनले कसैलाई दुई घण्टामै मुख्यमन्त्री बन्नु पर्यो भन्दैमा लोकतन्त्रमा विधि, प्रकृया मिचेर पद हस्तान्तरण गर्न गर्न नमिल्ने जिकिर गरे । ‘विपक्षीबाट मुख्यमन्त्रीलाई गलहत्याएर निकाल्नु पर्छ जस्तो जंगली व्यवहार देखाइयो’, उनले भने, ‘शनिबार विपक्षीले जे गरे त्यो गलत गरे । बहुमत दावी गरेपछि सबै कुरा विधि विधान अनुसार हुन्छ । घेराबन्दी नै गर्नु जरुरत छैन ।’
उनले संविधानमा व्यवस्था भए बमोजिम आफुले मुख्यमन्त्रीमा दावी गर्नु स्वाभाविक नै भएको दावी गरे । ‘ संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सभाका ५९ जनाले नै दावी गर्न पाउँछ । मैले दावी गर्न नपाउने भन्ने छ र ? मैले पाउँदैन भन्नु निरङ्कुश चरित्रबाहेक अरु केही होइन् । मैले दावी गर्दा अपराध हुन्छ ? अलोकतान्त्रीक हुन्छ ? संविधानको कुन धारामा छ ?;, उनले भने ।
विधि र प्रकृया अनुसार सहज रुपमा लोकतान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्दा समेत आफुमाथि प्रश्न उठाएको गुनासो गरे । विपक्षी दलले सत्ता र कुर्सी प्राप्तिका लागि अप्राकृतिक गठबन्धन भएको भन्दै त्यो धेरै दिन नटिक्ने दावी गरे । ‘जुन उदेश्यले गठबन्धन भयो, त्यसमा तलमाथि हुने वित्तिकै विग्रह शुरु हुन्छ’, उनले भने, ‘जसरी विपक्षी गठबन्धन बनेको छ, त्यो लामो समय टिक्दैन ।’
गुरुङले लोकतन्त्र भनेको अराजकतन्त्र र भिडतन्त्र नभएको टिप्पणी गर्दै जनताप्रति प्रतिवद्ध भएर निर्वाचित दलहरुले अप्राकृतिक गठबन्धन गरेर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाए । अहिले कुनै दल पनि विवाद मुक्त छैन’, उनले भने, ‘सबै पार्टी चिराचिरा भएको छ । अप्रकृतिक गठबन्धन भएको छ । सबै विधि, प्रकृया र विधान मिचेका छन् । यस्तो खालको गतिविधिले केही समय विपक्षीलाई फाइदा भएपनि यस्ता अराजक गतिविधिले दलहरुलाई समाप्त पार्छ ।’
उनले संसद विघटन गरी मध्यावधिमा जाने आफ्नो प्रयास भएको भनि मिडियामा आएको कुर सरासर झुट भएको बताए । आफुले जहिले पनि निष्ठाको राजनीति गर्ने भन्दै उनले मिडियालाई पूर्वाग्रह नराख्न आग्रह गरे ।
यस्तै, उनले प्रदेश प्रमुखले एकल प्रस्तावको आधारमा विपक्षी दलका नेतालाई मुख्यमन्त्री नियुक्तिमा नियुक्त गरेको भन्नु आफ्नो भावना नबुझेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: