काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीव गुरुङ उर्फ दीपक मनाङेसंगको भेटलाई स्भाविकरुपमा लिनुपर्ने बताएका छन् । गण्डकी प्रदेशको मन्त्री बनेपछि आफुसंग गुरुङको भेटबारे मिडियामा विभिन्न टीकाटिप्पणी भएका विषयलाई आइतबार स्पष्टिकरण दिदै भट्टराईले यसलाई अन्यथा मान्न नहुने बताएका छन् ।
‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ–कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय जातिय लैंगिक विभेद भएको समाजमा राज्य समाजको वर्चस्वशाली तप्काले उत्पीडित बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अतः अपराध अपराधी एक सापेक्ष अबधारणा हो’, आइबार सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन् ।
उनले सरकारसंग दोश्रो वार्ताकालमा देशका विभिन्न जेल र बन्दीगृहको भ्रमण गरेपछि आफुले नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका र खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् भन्ने टिप्पणी गरेको स्मरण गराए । यही सोचका साथ आफु प्रधानमन्त्री रहदा जेलसुधार निम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको बताए । उनले त्यस प्रतिवेदन अझै कार्यान्वयन हुनसकेकोमा गुनासो पोखेका छन् ।
‘रत्नकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरुङहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८१ - ०९:३७
काठमाडौं । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आय...
जेष्ठ ७ गते, २०८१ - ०९:३२
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ ...
जेष्ठ ७ गते, २०८१ - ०९:०८
काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान १० बजे नयाँ बानेश्वर शंकर हलमा बस्नेगरी बैठक बोलाएको सभामुखको ...
जेष्ठ ७ गते, २०८१ - ०८:५१
काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा...
जेष्ठ ७ गते, २०८१ - ०८:३६
काठमाडौं । म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३(१ को जित निकालेर उपाधि...
जेष्ठ ७ गते, २०८१ - ०८:२४
चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौर...
जेष्ठ ७ गते, २०८१ - ०८:२१
काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौँका धेरै स्...
जेष्ठ ७ गते, २०८१ - ०८:०२
काठमाडौं । अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिका एलिना चौहान बिहेपछि अष्ट्रेलिया पलायन भएको चर्चा छ। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्...
जेष्ठ ७ गते, २०८१ - ०७:५४
मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन् । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपाल...
जेष्ठ ७ गते, २०८१ - ०७:४६
पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जे...
प्रतिकृया लेख्नुहोस्: