Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मुख्यमन्त्रीमा दाबी पेस गरेपछि यसो भन्छन् कृष्णचन्द्र नेपाली पोखरेल

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित पेस गरेका हुन् ।

प्रस्तावित मुख्यमन्त्री पोखरेलले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनाउनुको विकल्प नभएको बताएका छन् । अहिलेको संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार बन्नुको विकल्प नभएको बताएका छन् । ‘३१ जना माननीय शशरीर आएर सनाखत गरेका छौँ । हिजो मात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माग्नुभएको विश्वासको मत असफल भएको छ, यो भन्दा अरु विकल्प छैन’ उनले भने ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गरेकी थिइन ।

प्रदेश सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै गठबन्धनमा नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङ्गे रहेका छन् । केन्द्र सरकारमा भने जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष नेकपा (एमाले) नेतृत्वको सरकारमा सामेल भएको छ । प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: