सुदूरपश्चिम । निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदूर प्रेम आचार्यले गुनासो गरे ।
‘ज्याला दिन आग्रह गर्दा हुन्छ भन्छन् तर एक वर्षभन्दा बढी समय भइसक्दा पनि ज्याला दिएका छैनन्, अब त फोनसमेत उठाउन छाडिसके’, आचार्यले सुनाए, ‘काम गरेको ज्याला नपाएर १२५ मजदूर पीडित बनेका छौँ ।’ निर्माण कम्पनीबाट काम गरेबापतको झण्डै रु ३५ लाख पाउन बाँकी रहेको मजदूरको भनाइ छ ।
फास्ट ट्र्याकको नयाँ कटिङको काम हुँदा जाली बनाउने र त्यसमा ढुङ्गा भर्ने जस्ता काम गराइएकामा कामको ज्याला नपाउँदा बिचल्लीमा परेको अर्का मजदूर मीनबहादुर रोक्कामगरले बताए । निर्माण कम्पनीका रोशन आचार्यले भने मजदुरले काम गरेबापतको ज्याला नदिने मनसाय आफूहरुको नरहेको बताए । उनले सडकमा काम गराउने जिम्मा लिएका नाइके ठेकेदारमध्ये एउटा टोलीलाई भुक्तानी दिन बाँकी रहेको रु नौ लाख ज्याला रकम आगामी केही दिनमा भुक्तानी गर्न लागिएको बताए ।
कोरोना सङ्क्रमणको जोखिमका कारण केही महिनादेखि खुटिया—दीपायल फास्ट ट्र्याक निर्माणको काम प्रभावित भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी–दीपायल–चैनपुर–उरै नाका सडक आयोजनामार्फत यो सडकको निर्माणको काम भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...
माघ १९ गते, २०८२ - ०८:३०
काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...
माघ १९ गते, २०८२ - ०८:०९
भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...
माघ १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...
माघ १९ गते, २०८२ - ०७:५८
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...
माघ १९ गते, २०८२ - ०७:५३
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...
माघ १९ गते, २०८२ - ०७:३५
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...
माघ १९ गते, २०८२ - ०७:३१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...
माघ १९ गते, २०८२ - ०७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...
माघ १९ गते, २०८२ - ०७:२४
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...



प्रतिकृया लेख्नुहोस्: