Life insurence
Khabar Dabali ९ असार २०७८ बुधबार | 23rd June, 2021 Wed
Himalayan Golden detail page

सरकारले खोप दिन नसक्दा काठमाडौंँमा रोकियो खोप अभियान

खबरडबली संवाददाता


काठमाडौंँ । काठमाडौंँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने  अभियान दुई दिन अगाडि नै रोकेको छ ।

कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ । 

कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भने, “स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलि९शुक्रबार०देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।” 

तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ । रासस

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेटको बन्द प्रशिक्षण शुरु

काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । ...

पाँच राजनीतिक दलले संयुक्त निकालेको वक्तव्यमा के छ ?

काठमाडौँ । विपक्षी गठबन्धनका पाँच राजनीतिक दलले संयुक्त वक्तव्य निकालेका छन् । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल...

कांग्रेस भक्तपुरबाट सिन्धुपाल्चोकका बाढीपीडितका लागि नगद र राहत सामग्री हस्तान्तरण

मध्यपुरथिमि । सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेस भक्तपुरले नगदसहित राहत सामग्री पठाएको छ । पार्टी कार्यालय भक्तपुरमा आज ...

मनाङको नाचैमा खाद्य सङ्कट

मनाङ । मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ । असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्क...

पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण

इस्लामाबाद । पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को संक्रमण दर देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को संक्र...

आन्तरिक हवाइ उडान खुलाउने, १० स्थानमा अन्तर्राष्ट्रिय उडान पनि सञ्‍चालन (मन्त्रिपरिषद्को निर्णयसहित)

काठमाडौँ । सरकारले आन्तरिक हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्त...

सभामुख सापकोटा र विपद् बिज्ञहरूबीच के-के भयो छलफल ?

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको शुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएक...

नदीमा बगेर बालिका बेपत्ता

बैतडी । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको  पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् ...

पाइपभित्र अड्किएर दुईको मृत्यु

दार्चुला । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल ख...

जो मन्त्री भएर गए, पूर्वमन्त्री भएर फर्किए

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची असार १ गतेको बाढीले क्षति गरेपछि आज उपप्रधानमन्त्री तथा सहरी विकास राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्य...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy