Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

संसद विघटनसम्बन्धि संवैधानिक इजलास मुद्दामा केन्द्रीत : बेञ्च गठनबारे अब कसैको कुरा नसुन्ने

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटसम्बन्धि मुद्दा पुरानै संवैधानिक इजलासबाट शुरु भएको छ । यस अघि सररकार पक्षका कानून व्यवसायीहरुले इजलासमा रहेका दुई न्यायधीश दीपक  कुमार कार्की र डा. आनन्द मोहन भट्टराईको निष्पाक्षतामाथि प्रश्न उठाएका थिए । तर, प्रधानन्यायाधीश राणाले कार्की र भट्टराईलाई नै निरन्तरता दिएसँगै बुधबारबाट विषय केन्द्रीत बहस सुरु भएको हो ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले नै निरन्तरता पाएको छ । 

इजलासका दुई न्यायाधीश कार्की र भट्टराईमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईको राय नआएपछि बहस जारी छ । अहिले संसद विघटनसम्बन्धि विपक्षी गठबन्धनको तर्फबाट दायर रिटमाथी बहस शुरु भएको छ ।

बहसअघि न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनबारे  कुनै पनि कुरा आफूहरुले नसुन्ने बताए । उनले भने, ‘मुद्दालाई निष्कर्षमा लैजान हामीहरु एक ठाउँमा उभिएका छौं । अब कसैको कुरा पनि सुन्दैनौं । यो नै फाइनल हो । अबदेखि यो विषय उठान हुँदैन ।’

संसद विघटनसम्बन्धि मुद्दाको सुनुवाइका लागि जेठ १४ गते गठन गरेको संवैधानिक इजलासमा रहेका न्यायधीश द्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि विपक्षी कानून व्यवसायीहरुले निष्पक्षताको प्रश्न उठाएपछि कामै नगरी विघटन भएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending