काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन्।
नेकपा एमालेको सर्मथनमा मुख्यमन्त्री नियुक्त भएका भट्टलाई जेठ १० गते बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिएपछि उनले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव गरेका हुन् ।
०७४ मा एमाले र माओवादीबीच भागबण्डा गर्दा सुदूरपश्चिम माओवादी केन्द्रलाई परेको थियो । ५२ सदस्यीय प्रदेश सभामा भट्टले विश्वासको मत प्राप्त गर्न बहुमत २७ मत आवश्य पर्छ । भट्टले विश्वासको मत पाउन १३ सिट रहेको कांग्रेस र २ सिट रहेको जसपा दुवैको समर्थन आवश्यक छ ।
अहिलेसम्म सुदूरपश्चि कांग्रेसले पक्ष वा विपक्षमा कुनै निर्णय गरिसकेको छैन भने जसपा आन्तरिक विवादको कारण अन्योलमा छ । यस्तो अवस्थामा भट्टले विश्वासको मत प्राप्त गर्न एमालेभित्रकै माधव समूहको भर पर्नुपर्ने अवस्था रहेको छ ।
यस अघि बैशाखको पहिलो साता कर्णालीमा एमालेले फ्लोर क्रस गरी माओवादी केन्द्र तर्फका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई जिताएका थिए । त्यही अवस्था सुदूरपश्चिमा दोहोरिए मुख्यमन्त्री भट्ट पदमा निरन्तरता पाउने सम्भावना रहेको छ । सुदूरपश्चिको सबैभन्दा ठुलो दल एमालेमा सभामुख सहित २५ सदस्य रहेको छ । सभामुख बाहेक २४ सदस्यमा १५ जना माधव समूहका रहेका छन् । ९ जना ओली पक्षका रहेका छन् ।
तर, उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले निर्देशन जारी गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशनसमेत दिएको छ।
एमाले प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई मुख्यमन्त्री भट्टले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाउने निर्देशनसहित पत्र पठाएका छन्।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुख्यमन्त्री भट्टको पक्षमा उभिन एमाले नेता माधव नेपाल र कांग्रेस सभापति देउवासंग आग्रह गरेका छन् । सोमबार प्रचण्डले दुवै नेताका निवासमा पुगेर सहकार्य गर्न प्रस्ताव राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: