काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिए । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताउनुभयो । कहिलेबाट लगाइने भन्ने अझै टुङ्गो लागेको छैन ।
खोपको पहिलो मात्रा लगाएको १२ देखि १६ हप्ता बीचमा दोस्रो मात्रा लगाइसक्नुपर्ने हुन्छ । “खोप उत्पादक कम्पनी र कोभ्याक्स सुविधा दुवैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा कोभिशिल्डको दोस्रो मात्रा दिन नसकिएको जानकारी गराउँछौँ”, उनले जारी गरेको सूचनामा भनिएको छ, “उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनिका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाइएको छ ।”
उनले एस्ट्राजेनिकाको दोस्रो मात्राको खोपका लागि प्रतीक्षारत रहनसमेत आग्रह गर्नुभएको छ । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले ती व्यक्तिले लगाउन पाएका छैनन् ।
सरकार कोभिशिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरीद गरेको १० लाख मात्रा खोप नआएपछि दोस्रो मात्राको खोप दिन असमर्थ भएको हो । उनले खोपको पहिलो मात्राले पनि कोभिड–१९ रोगबाट बचाउन मद्दत गर्ने उल्लेख गरेका छन् । नेपालमा अहिलेसम्म करीब २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप र छ लाख ९१ हजार १८४ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मङ्गलबार मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप प्रदान गर्दैछ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: