काठमाडौं । प्रदेश सभा सदस्यबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दायर गरेको रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाबाट कारवाहीमा परेका उनलाई गण्डकी प्रदेश सभाले गत हप्ता पदबाट मुक्त गरेको थियो । आफ्नो पद खारेज गर्ने पार्टीको निर्णय बदर गर्न माग गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।
आजको सुनुवाइमा सर्वोच्चले पदमा कायमै राख्न अन्तरिम आदेश नदिए गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई सरकार बनाउन सजिलो पर्नेछ ।
प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले मुख्यमन्त्री चुनिएका पृथ्वीसुम्बा गुरुङले एक महिनभित्र विश्वासको मत लिन नसके उनी स्वतः पदमुक्त हुनेछन् ।
प्रतिकृया लेख्नुहोस्: