Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

जनप्रतिनिधी र कर्मचारीद्धारा ‘कन्सनट्रेटर’ सहयोग

रासस

म्याग्दी । बेनी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएका छन् । जनप्रतिनिधीले पाउने सुविधाबाट आधा महिनाको रकम र कर्मचारीले स्वेच्छिक नगद सङ्कलन गरेर जुटाएको रकमबाट छ थान अक्सिजन कन्सनट्रेटर खरिद गरेर बेनी अस्पताललाई उपलब्ध गराएका हुन ।

नगर उपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुवेदीले शुक्रबार बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई कन्सनट्रेटर हस्तान्तरण गरेका छन्। कोरोना भाइरसबाट सङ्क्रमित भएकाको उपचारका लागि प्रयोग गरिने कन्सनट्रेटर महामारी पछि स्वास प्रस्वास सम्बन्धी समस्या भएका अन्य रोगका बिरामीको उपचारमा उपयोग गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए । 

प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जनप्रतिनिधी र कर्मचारीहरुबाट सङ्कलित रकमबाट रु। चार लाख ८० हजार खर्चेर प्रति मिनेट पाँच लिटर क्षमताको अक्सिजन कन्सनट्रेटर खरिद गरेर अस्पताललाई उपलब्ध गराइएको बताए । 

अस्पताललाई आवश्यक पर्ने थप स्वास्थ्य उपकरण पनि उपलब्ध गराइने उनले बताए । नगरपालिकाले अस्पतालमा बीस शय्या क्षमताको आइसोलेसन स्थापना गर्न करिब रु। सात लाख खर्च गरेको छ । माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रिआइसोलेसन सञ्चालन, टोल टोलमा पुगेर लक्षण देखिएकाको स्वाब नमूना सङ्कलन र एन्टिेजेन परिक्षण, सङ्क्रमितलाई अस्पताल र स्वास्थ्य संस्था पुग्न तथा घर फर्कन निःशुल्क गाडीको ब्यवस्था मिलाइएको छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितको अवस्था बुझ्न, मनोबल बढाउन र जनचेतना अभिवृद्धिका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोलीले घरदैलो गरेका छन् । 

यसैगरी माउन्ट हर्ट नेपाल संस्थाले शुक्रबार म्याग्दीको मालिका गाउँपालिकालाई रु। १२ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको पहलमा सो सामग्री सहयोग प्राप्त भएको हो । त्यसमा सात थान अक्सिजन कन्सन्ट्रेटर, सात थान भोल्टेज रेगुलेटर लगायत सामग्री छन् । माउन्ट हर्ट नेपालले यसअघि बिहिबार मुस्ताङको जोमसोम अस्पताल र पाँच वटा स्थानीय तहलाई दुई÷दुई वटाका दरले अक्सिजन कन्सन्ट्रेटर उपकरण लगायत स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending