पाँचथर । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो ।
उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिए ।
उहाँका अनुसार लक्षण देखिएका उनीहरुको परीक्षण हुन सकेको थिएन । 'वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन', वडाध्यक्ष नेम्वाङले भने, 'हिजो दुःखद घटना भयो ।' उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एकको बिहीबार अपराह्न ३:०० बजे घरैमा नै मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९:०० बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: