पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार खर्च तिर्न नसक्दा पाल्पाका एक पुरुषको दाहसंस्कार हुन सकेको छैन । कोरोना सङ्क्रमण भई उपचारका क्रममा लागेको खर्च नतिरेसम्म लुम्बिनी मेडिकल कलेज तानसेनले शव दिन नमानेपछि तानसेन नगरपालिकाले जमानी बसेर शव निकाल्ने वातावरण मिलाएको तर कसले कहाँ शव दाहसंस्कार गर्ने भन्ने टुङ्गो लाग्न भने सकेको छैन ।
तानसेन नगरपालिका–९ डाँडाडुमका ५८ वर्षका पुरुषको बुधबार कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । चार दिनदेखि कलेजमै उपचार गराइरहेका पुरुषको उपचार खर्च तिर्न नसकेपछि मृतकका ज्वाई गुहार माग्दै वडाकार्यालय पुगेका थिए । वडा नम्बर ९ का वडाअध्यक्ष हरिहर रेग्मीले मृतकको आर्थिक अवस्था निकै कमजोर भएकोले खर्च मिनाहा गरिदिन अनुरोधसहित सिफारिस दिएको बताए ।
बिरामीको उपचारका लागि एक लाख ७५ हजार खर्च भएको र त्यसमध्ये २० हजार धरौटी छ । मेडिकल कलेजले उपचार खर्च छुट गर्न नसकेको कुरा बिरामीका आफन्तलाई बताएपछि तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले अस्पतालसँग समन्वय गरी आफू जमानी बसेको बताए । नगरपालिकाले शव दिन अनुरोध गर्दै बक्यौता रकमको लागि नगरपालिका जमानी रहेको बताएपछि शव दिन मेडिकल कलेज सहमत भएको हो ।
'नगरपालिका जमानी बसेर लुम्बिनी मेडिकल कलेजले शव उठाउन भने पनि आफूहरूसँग शव लैजाने पैसा छैन,' मृतकका ज्वाई राजु विकले भने, 'कोसँग गुहार माग्ने ससुराको जग्गा पनि छैन, पैसा पनि छैन, यस्तो अवस्थामा दाहसंस्कारसमेत कसरी गर्ने अलपत्र छौँ ।'
लुम्बिनी मेडिकल कलेज प्रभासका निर्देशक निर्दोष खनालले भने, 'बीस हजार मात्रै धरौटी लिएर बिचमा पैसा नमागी उपचार गरिरहेका हौँ । अहिले शव अस्पतालमै छ, तर कहाँ र कसरी आर्थिक जोहो गरेर शव व्यवस्थापन गर्ने आफन्त अलपत्र अवस्थामा छन् ।' रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: