Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

उपचार खर्च तिर्न नसक्दा कोरोना सङ्क्रमितको लास उठेन

खबरडबली संवाददाता

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार खर्च तिर्न नसक्दा पाल्पाका एक पुरुषको दाहसंस्कार हुन सकेको छैन । कोरोना सङ्क्रमण भई उपचारका क्रममा लागेको खर्च नतिरेसम्म लुम्बिनी मेडिकल कलेज तानसेनले शव दिन नमानेपछि तानसेन नगरपालिकाले जमानी बसेर शव निकाल्ने वातावरण मिलाएको तर कसले कहाँ शव दाहसंस्कार गर्ने भन्ने टुङ्गो लाग्न भने सकेको छैन ।

तानसेन नगरपालिका–९ डाँडाडुमका ५८ वर्षका पुरुषको बुधबार कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । चार दिनदेखि कलेजमै उपचार गराइरहेका पुरुषको उपचार खर्च तिर्न नसकेपछि मृतकका ज्वाई गुहार माग्दै वडाकार्यालय पुगेका थिए । वडा नम्बर ९ का वडाअध्यक्ष हरिहर रेग्मीले मृतकको आर्थिक अवस्था निकै कमजोर भएकोले खर्च मिनाहा गरिदिन अनुरोधसहित सिफारिस दिएको बताए ।

बिरामीको उपचारका लागि एक लाख ७५ हजार खर्च भएको र त्यसमध्ये २० हजार धरौटी छ । मेडिकल कलेजले उपचार खर्च छुट गर्न नसकेको कुरा बिरामीका आफन्तलाई बताएपछि तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले अस्पतालसँग समन्वय गरी आफू जमानी बसेको बताए । नगरपालिकाले शव दिन अनुरोध गर्दै बक्यौता रकमको लागि नगरपालिका जमानी रहेको बताएपछि शव दिन मेडिकल कलेज सहमत भएको हो ।

'नगरपालिका जमानी बसेर लुम्बिनी मेडिकल कलेजले शव उठाउन भने पनि आफूहरूसँग शव लैजाने पैसा छैन,' मृतकका ज्वाई राजु विकले भने, 'कोसँग गुहार माग्ने ससुराको जग्गा पनि छैन, पैसा पनि छैन, यस्तो अवस्थामा दाहसंस्कारसमेत कसरी गर्ने अलपत्र छौँ ।'

लुम्बिनी मेडिकल कलेज प्रभासका निर्देशक निर्दोष खनालले भने, 'बीस हजार मात्रै धरौटी लिएर बिचमा पैसा नमागी उपचार गरिरहेका हौँ । अहिले शव अस्पतालमै छ, तर कहाँ र कसरी आर्थिक जोहो गरेर शव व्यवस्थापन गर्ने आफन्त अलपत्र अवस्थामा छन् ।' रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending