गण्डकी । गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश सभा सदस्य रहेका कृष्ण थापाको पद रिक्त भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको पद नरहेको सूचना गराए ।
जनमोर्चा केन्द्रीय कार्यालय तथा राष्ट्रिय जनमोर्चा संसदीय दल गण्डकी प्रदेशको आजको पत्र अनुसार पार्टीका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १(ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थापालाई नेपालको संविधान, २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३ तथा गण्डकी प्रदेश प्रदेशसभा नियमावली,२०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराइएको हो ।
गण्डकीमा सरकार गठनमा निर्णायक जनमोर्चाले नेपाली काँग्रेससहितका विपक्षी गठबन्धनको सरकार गठनमा पहल गर्ने निर्णय गरेकाका थापाले दलको निर्णय अनुसार हस्ताक्षर गर्न नमानेपछि पार्टी निर्णयविपरित कार्य गरेको भन्दै उनलाई दलका तर्फबाट कारबाही गरिएको हो ।
यसैबीच सदस्य थापाले पार्टीले सांसद पदबाट हटाएपछि आफू जनताको अभिमत विपरित जान नसकेको प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिँदै थापाले मतदाताको इच्छा विपरित जान नसककेको बताए ।
'काँग्रेसको सरकार नबन्दा जनमोर्चाको सांसद पद खारेज हुनु इतिहासको मजाक हो, यसबारे इतिहासले मूल्याङकन गर्नेछ,' थापाले भने 'जनताको अभिमत विपरित जान सकिन, मतदाताको अभिमतप्रति म सम्मान व्यक्त गर्दछु ।’ थापा वाम गठबन्धनबाट विजयी भएका थिए ।
सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लङ्घन गर्दै सत्तारुढ नेकपा (एमाले)लाई सहयोग गर्दै आएको भन्दै पार्टीले कारबाही गरको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: