Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।

यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरको भनाइ छ ।

कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागिएको हो । लक्षित समूहमा पर्ने वा शङ्कामा रहेका सबै व्यक्तिलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन महानगरपालिकाले आग्रह गरेको छ ।

कोरोनाको शङ्का भएका जो–कोहीले महानगरका ३२ वडामध्ये कुन वडामा जानकारी गराउन सहज हुन्छ, सोही वडामा जानकारी गराउनु पर्नेछ । जानकारीअनुरुप परीक्षण टोलीले नजिकको परीक्षण केन्द्रबाट जाँच गर्ने व्यवस्था गरिएको छ ।

यसअघि यही जेठ १४ देखि १८ गतेसम्म विशेष अभियान नै सञ्चालन गरेर  ५० हजारको परीक्षण गर्ने लक्ष्य लिइएको महानगरपालिकामा पाँच हजार ७६० जनाले मात्र परीक्षण गरेका थिए । त्यसमा ४७९ को रिपोर्ट पोजेटिभ आएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

ठूलो समूहमा परीक्षण गर्ने भने पनि सोही समयमा बन्दाबन्दी कडा बनाइएकाले सोचेअनुरुप परीक्षण हुन नसकेको विभागको भनाइ छ । यसका लागि महानगरपालिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग सहकार्य गरेको थियो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending