Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

जसपामा कारबाहीको होडबाजी, ठाकुर समूहले पार्टीबाट यादवलाई निकाल्यो

खबरडबली संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहले अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरेको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको केहीबेरमै ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको हो । ठाकुरनिकटका कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकले यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

आज बसेको भट्टराई–यादव समूहले कार्यकारिणी बैठक बोलाएर ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

यसैबीच जसपाको ठाकुर समूह र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण हुने अन्तिम तयारीमा छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीकै सल्लाहअनुसार यी दुई समूहबीच एकिकरण हुने अन्तिम तयारीमा पुगेको हो । ओलीको डिजाइनअनुसार उनीहरूबीच एकिकरण हुन लागेको एक नेताले बताए ।

जसपा फुटको डिलमा पुगिरहेकै बेला दुई समूहबीच एकीकरण गरेर नयाँ दल बनाउने सहमति नजिक पुगेका हुन् । 'सहमतिको अन्तिम अवस्थामा छौँ । केही दिनभित्रै एकिकरण हुनेछ' नाम नखुलाउने सर्तमा ठाकुर समूहका एक नेताले भने 'केही समयअघि मात्रै जसपाका नेताहरू र स्वास्थ्यमन्त्री त्रिपाठी समूहबीच नयाँ दल दर्ता गर्ने सम्बन्धमा सिंहदरबारमा कुराकानी भएको थियो । अहिलेसम्म छलफल सकरात्मक छ ।' 

जसपाभित्र महन्थ ठाकुर-राजेन्द्र महतो जसरी पनि ओलीलाई सहयोग गर्ने पक्षमा छन् भने उपेन्द्र यादव-डाक्टर बाबुराम भट्टराई सरकारबाट ओलीलाई जसरी पनि हटाउनै पर्ने लाइनमा छन् ।

आज मात्रै जसपाका यादव-भट्टराई समूहले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारणसदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरेको छ । कारबाही गरेर पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ (१, २ र ३) बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाइ अद्यावधिक गर्न अनुरोध गरिन्छ ’ अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ । निर्वाचन आयोगमा उक्त पत्र दर्ता भइसकेको छ । दर्ता नम्बर १३४१ रहेको छ । 

जसपाभित्र तिब्र विवादकैबीच भट्टराईले केही दिनअघि हात मिलाएर आ-आफ्नो बाटो लाग्‍न सुझाव दिएका थिए । 'अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो' भट्टराईले भनेका थिए 'नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊँ ! हातमिलाएर आ-आफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !' 

कार्यकारिणी समितिमा भट्टराई–यादव समूहको बहुमत छ । जसपाभित्र केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा विवाद छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE