Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घरदैलो अभियानसम्म—यो निर्वाचनले जिल्लामा अलगै उत्साह र तातोपन पैदा गरेको छ।

यसपटकको चुनावको सबैभन्दा रोचक पक्ष के छ भने कुनै पनि दलबीच गठबन्धन छैन। सबै आ–आफ्नै बलमा मैदानमा उत्रिएका छन्, र यही कारण सिन्धुपाल्चोक–१ को प्रतिस्पर्धा थप चाखलाग्दो बनेको छ।

यो क्षेत्रमा नेकपाबाट माधव सापकोटा, एमालेबाट सरेश नेपाल, कांग्रेसबाट जंगबहादुर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली र राप्रपाबाट राममणि न्यौपाने चुनावी दौडमा छन्। १५ दलका उम्मेदवारसँगै तीन स्वतन्त्र उम्मेदवार पनि मैदानमा उत्रिँदा मत विभाजनको समीकरण झनै पेचिलो देखिन्छ।

अघिल्लो नतिजाको छायाँ, नयाँ खेलको सुरुवात

२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट नेकपाका माधव सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतान्तरले पराजित गरेका थिए। नेपालले २७ हजार १८ मत ल्याए पनि जित हात पार्न सकेका थिएनन्। यही हारको स्मृति र बदलाको चाहनाले यसपटकको प्रतिस्पर्धालाई थप धारिलो बनाएको छ।

यसपटक कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत चुनावी दौडमा छैनन्। अघिल्लो निर्वाचनमा क्षेत्र परिवर्तन गरेर सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका बस्नेतको अनुपस्थितिले कांग्रेसको खेलमैदान केही फरक देखिएको छ।

सापकोटा : ‘बिरासत जोगाउने’ दाउ

नेकपा उम्मेदवार माधव सापकोटा पुनः इतिहास दोहोर्‍याउने लक्ष्यमा छन्। जनयुद्धको पृष्ठभूमि, विद्यार्थी राजनीतिबाट खारिएका वक्ता, र सांसदका रूपमा ३३ महिनामा बनाएको राष्ट्रिय छविले उनलाई बलियो बनाएको छ।
तातोपानी नाका खोल्ने पहल, जुरे पहिरो पीडितको राहत, बाढी–पहिरोमा जनतामाझ पुगेर देखाएको सक्रियता—यी सबै उनका चुनावी हतियार बनेका छन्। असन्तुष्ट एमाले कार्यकर्ता र देउवा पक्षीय कांग्रेस मतदाता तान्ने रणनीतिमा उनी केन्द्रित देखिन्छन्।

कांग्रेस र एमाले : आन्तरिक घाउ, बाहिरी लडाइँ

कांग्रेस उम्मेदवार जंगबहादुर लामा विकासका अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित मैदानमा छन्। ग्रामीण सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्य उनका प्रमुख एजेन्डा हुन्। तर पार्टीभित्रकै आन्तरिक मतभेद उनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।

उता, एमाले उम्मेदवार सरेश नेपाल अघिल्लो हारको बदला लिन चाहन्छन्। पूर्व प्रदेशसभा सदस्य र बागमती प्रदेश सरकारका मन्त्रीसमेत रहिसकेका नेपाल अनुभवी नेता हुन्। तर एमालेभित्र पछिल्लो समय देखिएको असन्तुष्टि—नेताहरूको पार्टी परित्याग र टिकट वितरणको अन्योल—उनको चुनावी यात्रामा भारी पर्दै गएको छ।

रास्वपा : बढ्दो ग्राफ कि जोखिमपूर्ण दाउ ?

एमाले पृष्ठभूमिका भरत पराजुली यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। जलविद्युत् व्यवसायी पराजुलीको जिल्लाको उत्तरी भेगमा व्यावसायिक पकड छ। एमालेबाट रास्वपातर्फ नेता–कार्यकर्ता सरिरहेको क्रमले रास्वपाको राजनीतिक ग्राफ उकालो लागेको देखिन्छ।

तर, हाइड्रोपावर परियोजनासँग जोडिएका स्थानीय असन्तुष्टिका आरोप उनका लागि चुनौती बनेका छन्। यही कारण यो निर्वाचनलाई पराजुलीको राजनीतिक परीक्षाका रूपमा हेरिएको छ।

मतदाताको हातमा अन्तिम फैसला

त्रिपुरासुन्दरी, भोटेकोशी, लिसंखु पाखर, बाह्रबीसे, जुगल, बलेफी र सुनकोशी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडासहित बनेको सिन्धुपाल्चोक–१ मा ८३ मतदानस्थल र १७२ मतदान केन्द्र छन्। जिल्लाभर कूल २ लाख ७४ हजार ९९८ मतदाता रहेका छन्।

गठबन्धनविहीन यो प्रतिस्पर्धामा कसले बाजी मार्ला ? यसको उत्तर अब मतदाताको विवेक र मतदान पेटिकाले दिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: