दाङ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले प्रतिद्वन्द्वीको रुपमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्न सफल भएका हुन् ।
जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ १ सय १८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ मत र स्थानीय तर्फ २ मत बदर भएको जनाइएको छ ।
एमाले उम्मेदवार खड्कालाई पराजित गरेसँगै पाण्डेले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिएका छन् । पाण्डेले यो जित लोकतन्त्र र प्रजातन्त्रको जित भएको बताएका छन् । उनले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्र लगायतका मुद्दाहरूलाई सशक्त ढंगले उठाउने बताए ।
‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । सबै मतदाताको जित हो’, उनले भने, ‘नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा, स्वतन्त्र लगायत सबै मतदातामा धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई विश्वास गरेर र काँग्रेस पार्टीले पनि विश्वास गरेर अमूल्य मत दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु । अहिले संघीयता, गणतन्त्र लगायतका जुन मुद्दाहरु ओझेलमा रहेका छन्, ती सबै मुद्दाहरूलाई हामी सबैको प्रयासबाट राष्ट्रियसभामा उठाउँछौँ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: