सर्लाही । विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको सिकार भएकी हुन् ।
युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् । आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीले बताइन् । शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको उनको भनाइ छ ।
शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताए । ‘जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो’, अर्का दलित अगुवा राजेश पासवानले भने । भागेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गरे । नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ । उनले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाहीको मागसमेत गरेका छन् ।
यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । प्रदेश नं. २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: