Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

छिटै कोरोना खोपमा ‘ब्रेक थ्रु’ : एक करोड खोप किन्‍ने दाबी, कोभिशिल्डको विकल्पमा एस्ट्राजेनिका

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता/दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्न थालेको हो । त्यसका लागि सरकारले विभिन्न खोप उत्पादक मुलुकसँग खरिदका लागि छलफल गरिरहेको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज नेपाल स्वास्थ्य पत्रकार मञ्चले गरेको ‘नेपालमा खोपको उपलब्धता र चुनौती’ विषयक अन्तरक्रियामा हप्ता/दश दिनमा खोप आयात गरेर ‘ब्रेक थ्रु’ गर्ने बताए । 'खोप खरिदमा हामी केही दिनमा निष्कर्षमा पुग्दैछौँ । दश दिनमा नभए पनि त्यसको थोरै एकदुई दिन अघिपछि ‘ब्रेक थ्रु’ हुन्छ', उनले भने, 'खोप सहायता दिने केही मुलुकले पनि हप्ता/दश दिनभित्रमा घोषणा गर्दैछन् । खोपमा केही न केही प्रगति हुनेछ ।'

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि चिन फिङबीच भएको टेलिफोन सम्वादपछि चीनले नेपाललाई १० लाख मात्रा भेरोसेल खोप उपलब्ध गराउने भएको छ । 

करिब एक करोड खोप खरिद 
सरकारले करिब एक करोड खोप खरिद गर्न लागेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले चीनको सिनोफर्म र अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीबाट ५०/५० लाख मात्राका दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए । 

उनले खोप खरिदका लागि चीन, अमेरिका, रुस र बेलायतसँग खोप खरिदका लागि सरकारले उच्चस्तरीय संयन्त्र परिचालन गरेको बताए । उनका अनुसार सरकारले चीनको सिनोफर्म, अमेरिकाको जोन्सन एण्ड जोन्सन, रुसको स्पुतनिक भी उत्पादन गर्ने कम्पनीसँग र बेलायत सरकारसँग पत्राचार गरिसकेको छ । 

सरकार ती मुलुकमध्ये चीन र अमेरिकाबाट खोप ल्याउन केन्द्रीत रहेको उनको भनाइ छ । उनले सन् २०२१ भित्र लक्षित समूहलाई खोप लगाउने सरकारको योजना रहेको बताए । सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य लिएको छ ।
 
उनले खोप खरिदका लागि अर्थ मन्त्रालयले रु ३६ अर्बको स्रोत सुनिश्चितता गरिसकेकाले सरकारले खोप जतिसक्दो चाँडो खरिद गर्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले भारतबाट समयमा नै सरकारले खरिद गरेको १० लाख खोप नआएकाले अहिले दोस्रो मात्रा लगाउन नपाइएको बताए ।
 
पहिलो मात्रा ‘कोभिशिल्ड’ लगाएका साढे १४ लाखले खोप अभावले अहिले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारतको सिरम इन्सिच्युटले सरकारले खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध नगराएपछि दोस्रो मात्राको खोप रोकिएको छ । 

भारतसँग पनि उच्च तहमा वार्ता
उनले भारतबाट ‘कोभिशिल्ड’ ल्याउनका लागि नेपालले उच्चतहमा छलफल गरिरहेको जानकारी दिए । 'केही दिन अघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपतिलाई हामीले पैसा भुक्तान गरिसकेको १० लाख खोपको मात्रा र थप सात लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गर्नका लागि आग्रह गर्नुभएको छ', उनले भने, 'खोप उपलब्ध गराउन भारतलाई प्रधानमन्त्री र मेरो तहबाट पनि आग्रह गरेका छौँ । नेपालका लागि भारतका राजदूत र भारतस्थित नेपालका राजदूतसँग पनि कुराकानी भइरहेको छ । हामीले औपचारिक/अनौपचारिक रूपमा भारतसँग कुरा गरिरहेका छौँ ।'

मन्त्री ज्ञवालीले नेपालमा खोप आयात गर्नका लागि भारतीय अदालतले पनि मानवीय संवेदनशीलतालाई बुझेर आफूले गरेको आदेशमा पुनःविचार गर्ने विश्वास व्यक्त गरे । भारतको अदालतले भारतका जनतालाई लगाइसकेपछि मात्र बाहिरी मुलुकमा खोप निर्यात गर्न आदेश दिएको छ । 

उनले भारतबाट खोप नआएका खण्डमा कोभिशिल्डसँग मिल्दोजुल्दो खोप खरिद गर्न पनि सरकार तयारी अवस्थामा रहेको जानकारी दिए । एस्ट्राजेनिका उत्पादन हुने मुलुकसँग  खोप ल्याउने पहल  भइरहेको उनको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले बेलायती विदेशमन्त्रीसँग केही दिन अघिमात्र नेपालमा खोपको अभावलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराएको जानकारी दिए । 

उनले अमेरिकाले खरिदका लागि सम्झौता गरेको (बुक) एस्ट्राजेनिका नेपालमा ल्याउनेबारे अमेरिकी विदेश उपमन्त्री छलफल भइरहेको बताए । 'अहिले अमेरिकासँग छ करोड मात्रा एस्ट्राजेनिका खोप बुक र मौज्दात रहेको छ । अमेरिकाले अरु खोप लगाइरहेकाले एस्ट्राजेनिका लगाएको छैन', उनले भने, 'त्यहाँ प्रयोग नहुने तर हामी त्यसै खोप नपाएर छटपटिने अवस्था अन्त्य गर्नका लागि नेपालमा खोप अभाव एकदमै छ भनेर हामीले अमेरिकालाई एस्ट्राजेनिका उपलब्ध गराइदिनुहोस् भनेका छौँ ।' यद्यपि उनले नेपाललाई एस्ट्राजेनिका खोप उपलब्ध गराउनका लागि अमेरिकाको प्रक्रिया लामो हुने भएकोले केही समय लाग्ने बताए । 

उनले खोपको असमान वितरण भएकाले नेपालले समयमा खोप खरिद गर्न नपाएको बताए । '९५ प्रतिशत खोप १५ देशमा सीमित छ । बाँकी १६० देशले पाँच प्रतिशत खोप आफ्ना नागरिकलाई लगारहेका छन', उनले भने, 'हामीजस्ता विकासशील देशलाई खोपको समस्या परेको छ । त्यसैले खोपको नीतिमा परिवर्तन गरेर समान वितरण गर्नु जरुरी छ ।'

उनले खोपको न्यायोचित वितरण गर्नका लागि संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनमा पहल गरिरहेको जानकारी दिए । खोपको न्यायोचित वितरण नहुँदा खरिद गर्न समस्या परेको उनको भनाइ थियो । उनले अमेरिकासँगै एस्ट्राजेनिका खोप ल्याउनका लागि अन्य देशसँग पनि छलफल गरिरहेको बताए । 'एस्ट्राजेनिका खोप मौज्दात रहेका देशलाई समेत हामीले पत्राचार गरिसकेका छौँ', उनले भने, 'एस्ट्राजेनिका खोप उपलब्ध गराउन हामीले सबै कूटनीतिक प्रयास गरिरहेका छौँ ।' 

मन्त्री ज्ञवालीले खोप खरिदका लागि सार्वजनिक खरिद ऐन र नियमावलीमा देखिएका समस्यालाई हटाएको भन्दै अब सरकार–सरकार र सरकारले सिधै कम्पनीसँग छिटो प्रक्रियाबाट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको बताए । 

कोभिशिल्डको विकल्पमा एस्ट्राजेनिका
कार्यक्रममा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा एस्ट्राजेनिका लगाइने जानकारी दिए । 

'पहिलो मात्रा कोभिशिल्ड लगाएकालाई दोस्रो मात्रा पनि सोही खोप लगाउने हाम्रो प्रयास हुनेछ', उनले भने, 'यही कोभिशिल्ड पाइएन भने कोभिशिल्डसँग मिल्दोजुल्दो एस्ट्राजेनिका खोप लगाउँछौँ ।' उनले कोभिशिल्ड र एस्ट्राजेनिका  खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending