Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा कुनै कसर बाँकी राखिन : प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । शुक्रबार उनले राष्ट्रको नाममा सम्बोधन गरेका हुन् ।

ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे ।

'आफ्नो गाँस कटाएर खाली सिलिन्डर पठाउने खाडी मुलुकमा रहेका श्रमिक प्रति आभारी छु' ओलीले भने, 'कोभिड-१९ संक्रमण अध्यादेश जारी गरिएको छ । अध्यादेशको व्यवस्थाबमोजिम निर्देशक समिति गठन भएको छ । वीर अस्पतालले जुनसुकै अस्पताललाई समन्वय गर्न सक्नेछ । जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउनमिल्ने अवस्था छ । विकासशील देशमा कोभिडको मार बढी छ । खोप लगायत जिवन रक्षाका लागि औषधि कमी भइरहँदा समस्या छ ।'

उनले महामारी विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई ड्युटीमा हुने सुरक्षाकर्मीमाथिको आक्रमण सरह मानिनेछ बताए । एयरलिफ्ट गरेर सिलिन्डर ल्याइएको, अस्पतालहरूमा अक्सिज अभाव नहुने व्यवस्था मिलाइएको उनले दाबी गरेका छन् । 

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका बताए ।

खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उनले यपसमा विश्वव्यापी सहकार्यमा जोड दिए । प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट गरे । उनले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने पनि स्पष्ट गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै

देशभर एक हजार पाँच सय २५ र देशबाहिर एक गरी एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण

शनिबार हुने उपनिर्वाचनमा ६९ मतदान केन्द्र अतिसंवेदनशील, सरक्षा व्यवस्था कडा

इलाममा १९ र बझाङमा २३ मतदानस्थल अति संवेदनशील

आगलागीमा परेर सिन्धुलीमा एकजनाको मृत्यु, विभिन्न स्थानमा भएको आगलागीबाट लाखौंको क्षती

काठमाडौं । सिन्धुलीमा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका-१ खारखोला बस्ने ७३ वर्षीया कृष्ण माया पौडेलको आगोले जलेर मृत्यु भएको हो ।...

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं। पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ। जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार...

राष्ट्रियसभा गृहमा ‘महिला पुस्तक प्रदर्शनी’ जारी

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक...

पर्वतमा एक हजार चार सय हेक्टर जंगलमा डढेलो

पर्वत। यहाँका विभिन्न वन–जंगलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जंगल सखाप पारेको छ। डि...

विहिबार नेप्सेमा सामान्य गिरावट

काठमाडौं । विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशत...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

काठमाडौं ।  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा कम्युनिष्ट नेता हुनुहुन्छ । २००४ सालभन्दा पहिले नै भारतीय स्वतन्त्रता संग्राममा उहा...

धनुषामा प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनाै सेल अश्रुग्याँस प्रहार

धनुषा। युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । केटा र केटी समूहबीच विवाद...

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

काठमाडौं । वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन  हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies