सोलुखुम्बु । गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् ।
कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताउँनुभयो । पैतालीस वर्षीया खत्रीसमेतलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।
नर्सीङ नेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमाडौं जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएको प्रतिखुशी व्यक्त गरिन् । ‘यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो ।’ उनले भनिन्, ‘खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्रामीण क्षेत्रका नागरिकका लागि सुखद् पक्ष हो ।’
काठमाडौँ विभिन्न अस्पतालमा अक्सिजनसमेत नपाएर बिरामीको मृत्यु भएको खबरले आक्रन्त बनेको बेला गाउँमा उक्त सेवा पाउँदा यहाँका नागरिकले सरकारलाई स्याबासी दिन्छन् । यस्तै कोभिड–१९ को सङ्कास्पद लक्षण भएकी बुद्धिमाया माझीको पनि कोभिड अस्पतालमै उपचार सम्भव भएपछि स्थानीय सरकारलाई धन्यवाद दिएको छ । स्वास फेर्न निक्कै गाह्रो भएर उपचारमा आएको उनको भनाइ छ । टाढा अस्पताल जान नसक्ने अवस्थामा भएपनि गाउँमै सेवा पाउँदा आफ्नो ज्यान बचेको माझीेले सुनाए ।
गत वर्ष कोरोना सङ्क्रमण पुष्टि हुनेबित्तिकै कोभिड अस्पताल बिराटनगर लानुपर्ने बाध्यताको अत्य भएपछि सोलुखुम्बुवासीलाई सहज भएको छ । स्वास्थ्य शाखा सहसंयोजक तथा गाउँपालिकाका सूचना अधिकारी बिशाल बाबु राईले गाउँमा कोरोना सङ्क्रणको दार बढेसँगै गाउँपालिकाले निगरानी बढाएको बताए । कुनै पनि सङ्कास्पद लक्षण देखिएको जानकारी हुनसाथ स्वास्थ्यकर्मी पुगेर परीक्षण गर्ने गरेको उनको भनाइ छ ।
नागरिकको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको भएकाले सोहीअनुसार व्यवस्थापनमा केन्द्रित भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । अहिले १० जना जटिल प्रकृतिको बिरामीको उपचार गर्न सक्ने क्षमताको अस्पताल सञ्चालमा रहेको भन्दै अध्यक्ष राईले आवश्यकताअनुसार यसलाई विस्तार गर्ने बताए ।
‘सकेसम्म नागरिकलाई गाउँपालिका बाहिर उपचारमा जान नपर्ने गरि व्यवस्थपन गरेका छौँ’, अध्यक्ष राईले भने, ‘सामान्य लक्षणसहित बिरामीलाई औषधि किटसहित घरैमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र जटिल प्रकृतिका बिरामीलाई निशुल्क उद्धार गरी कोभिड अस्थायी अस्पतालमा ल्याउने व्यवस्था गरेका छौँ ।’
उक्त अस्पतालमा एक जना एमबीबीएस डक्टर, दुई जना स्टाप नर्स, एक जना ल्याब असिस्टेण्ट, दुई अनमी, दुई स्वास्थ्य सहायक र एक कार्यालय सहयोगी रहेका छन् । गाउँपालिका अध्यक्ष आफैँ चढ्ने गाडीसमेतलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।
कोरोना सङ्क्रमितको उद्धारका लागि अध्यक्षको गाडीसहित दुई वटा एम्बुलेन्स र अर्को एउटा निजि गाडी तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष असिम राईले बताइन् । उक्त गाउँपालिकामा हालसम्म १०६ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा सङ्क्रमा पुष्टि भएको छ । जसमध्ये चार जना निको भइसकेको स्वास्थ्य सहसंयोजक विशाल बाबु राईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: