सोलुखुम्बु । गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् ।
कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताउँनुभयो । पैतालीस वर्षीया खत्रीसमेतलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।
नर्सीङ नेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमाडौं जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएको प्रतिखुशी व्यक्त गरिन् । ‘यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो ।’ उनले भनिन्, ‘खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्रामीण क्षेत्रका नागरिकका लागि सुखद् पक्ष हो ।’
काठमाडौँ विभिन्न अस्पतालमा अक्सिजनसमेत नपाएर बिरामीको मृत्यु भएको खबरले आक्रन्त बनेको बेला गाउँमा उक्त सेवा पाउँदा यहाँका नागरिकले सरकारलाई स्याबासी दिन्छन् । यस्तै कोभिड–१९ को सङ्कास्पद लक्षण भएकी बुद्धिमाया माझीको पनि कोभिड अस्पतालमै उपचार सम्भव भएपछि स्थानीय सरकारलाई धन्यवाद दिएको छ । स्वास फेर्न निक्कै गाह्रो भएर उपचारमा आएको उनको भनाइ छ । टाढा अस्पताल जान नसक्ने अवस्थामा भएपनि गाउँमै सेवा पाउँदा आफ्नो ज्यान बचेको माझीेले सुनाए ।
गत वर्ष कोरोना सङ्क्रमण पुष्टि हुनेबित्तिकै कोभिड अस्पताल बिराटनगर लानुपर्ने बाध्यताको अत्य भएपछि सोलुखुम्बुवासीलाई सहज भएको छ । स्वास्थ्य शाखा सहसंयोजक तथा गाउँपालिकाका सूचना अधिकारी बिशाल बाबु राईले गाउँमा कोरोना सङ्क्रणको दार बढेसँगै गाउँपालिकाले निगरानी बढाएको बताए । कुनै पनि सङ्कास्पद लक्षण देखिएको जानकारी हुनसाथ स्वास्थ्यकर्मी पुगेर परीक्षण गर्ने गरेको उनको भनाइ छ ।
नागरिकको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको भएकाले सोहीअनुसार व्यवस्थापनमा केन्द्रित भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । अहिले १० जना जटिल प्रकृतिको बिरामीको उपचार गर्न सक्ने क्षमताको अस्पताल सञ्चालमा रहेको भन्दै अध्यक्ष राईले आवश्यकताअनुसार यसलाई विस्तार गर्ने बताए ।
‘सकेसम्म नागरिकलाई गाउँपालिका बाहिर उपचारमा जान नपर्ने गरि व्यवस्थपन गरेका छौँ’, अध्यक्ष राईले भने, ‘सामान्य लक्षणसहित बिरामीलाई औषधि किटसहित घरैमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र जटिल प्रकृतिका बिरामीलाई निशुल्क उद्धार गरी कोभिड अस्थायी अस्पतालमा ल्याउने व्यवस्था गरेका छौँ ।’
उक्त अस्पतालमा एक जना एमबीबीएस डक्टर, दुई जना स्टाप नर्स, एक जना ल्याब असिस्टेण्ट, दुई अनमी, दुई स्वास्थ्य सहायक र एक कार्यालय सहयोगी रहेका छन् । गाउँपालिका अध्यक्ष आफैँ चढ्ने गाडीसमेतलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।
कोरोना सङ्क्रमितको उद्धारका लागि अध्यक्षको गाडीसहित दुई वटा एम्बुलेन्स र अर्को एउटा निजि गाडी तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष असिम राईले बताइन् । उक्त गाउँपालिकामा हालसम्म १०६ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा सङ्क्रमा पुष्टि भएको छ । जसमध्ये चार जना निको भइसकेको स्वास्थ्य सहसंयोजक विशाल बाबु राईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: