काठमाडौं । नेकपा एमाले विभाजको मुखमा पुगेको अवस्थामा वरिष्ठ नेता माधव कुमार नेपाल समूहका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
नेपालले आफू निकट युवा नेता जीवन राईको नेतृत्वमा एक महिनाअघि नै निर्वाचन आयोगमा नेकपा ‘एकीकृत’ पार्टी दर्ता गराएका छन् ।
यो पार्टीले आयोगबाट पार्टी दर्ताको प्रमाण पत्र भने पाइनसकेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ‘जीवन राईको अध्यक्षतामा नेकपा ‘एकीकृत’ पार्टी दर्ता गराउनु भएको छ । यसबारे हामी अध्ययनमै छौं’, उनले भने, ‘यो पार्टीले चुनाव चिन्ह कलम मागेको छ । पार्टी दर्ताको सबै प्रकृया पुगेको भए आवश्यक छानविन गरेर प्रमाण प्रत्र दिन्छौं ।’
संखुवासभाका राई माधव समूहका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गएको वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएको छ ।
स्मरणीय कुरा के छ भने जेठ ६ गते सम्मपन्न भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट साझा उम्मेद्वार रहेका डा. खेमलाल देवकोटाले कलम चिन्हबाट चुनाव जितेका थिए ।
निर्वाचन आयोगका अनुसार राईले दर्ता गराएको पार्टीको उपाध्यक्षमा कल्पना गुरूङ र महासचिवमा विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन्। राईको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कमिटी रहेको आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: