काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्न आह्वान गरे संगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीको आकस्मिक बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे आकस्मिक पदाधिकारी बैठक बस्न लागेको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।
बिहीबार राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि विकसित राजनीति र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत नलिई वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएकोमा कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीको उक्त कदमको विरोध जनाउँदै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा नयाँ सरकार गठन गर्न २४ घण्टाको पनि समय नदिइ संविधानलाई मास्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
‘नयाँ सरकार गठन गर्न राष्ट्रपतिले समान्य तया तीन दिनको समय दिने प्रचलन रहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा २४ घण्टाको पनि समय नदिइ विधि प्रकृया मिचेर संविधानलाई मास्ने षड्यन्त्र भएको छ । ७० वार्षदेखि लडेर ल्याएको व्यवस्था जोगाउन संवैधानिक, राजनीतिकरुपमा विरोधमा उत्रिन सबैलाई आग्रह गर्दछु ।’
कांग्रेसका युवा नेता एवं पूर्वस्वस्थ्यमन्त्री गगन कुमार थापाले राष्ट्रपतिले राष्ट्र र संविधानमाथि गम्भिर अपराध गरेकोले उनिमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । ‘राष्ट्रपतिको कदम क्षम्य छैन,’ उनले भने, ‘उनले राष्ट्र र संविधानमाथि गम्भिर अपराध गरिकी छिन् । त्यसैले उनीमाथि महाअभियोग लगाई घर पठाउनु पर्छ ।’
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले बारम्बार संविधान, विधि र प्रकृया मिच्न थालेपछि आक्रोसित भएको विपक्षी कांग्रेस आजको बैठकमा मुलुकको विकसित राजनीतिक घटनाक्रममाथि गम्भिर समिक्षा गरी सरकार विरुद्ध कडा कदम चाल्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।
कांग्रेसले राष्ट्रपतिविरूद्ध महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, दलहरूको सहकार्यमा नयाँ सरकार गठनलगायतका विषय केन्द्रमा राखेर आज नेताहरूसँग छलफल गर्न लागेको देउवानिकट एक केन्द्रीय सदस्यले बताएका छन् । उनका अनुसार दलहरुसंग छलफल गरेर प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने वा अन्य कुनै विकल्पको खोजि गर्ने भन्नेबारे कांग्रेसले गम्भिर छलफल गरेर एउटा निष्कर्षमा पुग्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: