लमजुङ । मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेँसीशहर नगरपालिका–६ चनौटेमा बस्दै आउनुभएका ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्छिन् ।
उमा सँधै बिहान उठेर घरधन्दा गर्थिन तर बुधबार बिहान अवेरसम्म सुतिरहिन । घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लागिन । छोरी श्रृती भने मनिङवाकमा गए । उमा भने मस्त निन्द्रमै थिइन ।
छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दू बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो । निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटा हित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पुर्यो । 'शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु ।' उनले भनिन्, ‘एकछिन त आत्तिएँ । मुखैभरी माटाले भरिएको थियो । बोल्न त के श्वास फेर्न पनि सकिएन । विस्तारै हातले अनुहारको केही माटा हटाउन सके अनि अल्लि बोल्न भयो । अब त मर्ने भएँ । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो । त्यसपछि झन् आत्तिएँ ।’ उनले छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयवासी छोराछोरी आएर उद्धार गरेका थिए ।
‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे’ उमाले भनिन् । उनको पाँच जनाको परिवार छ । सो दिन उमाका श्रीमान कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै थिए । सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उनले बताए । आमाले भूकम्प आएको थाहा पाउना साथ उमालाई भन्दा उमाको जेठी छोरी सुतिरहेकाले भित्र उठाउन गएको र छोरीलाई पनि सो घटना हुनबाट बचाउन सफल भएका थिए । उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्कनुभएको छ ।
उमा यतिबेला उनी घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहेकी छन् । उक्त भूकम्पले उनी मात्र नभई जिल्लाका पाँच जना घाइते भए । दुई सयभन्दा बढी घरमा क्षति पुग्दा सयौँ स्थानीय मर्कामा परेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - ०९:५०
देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय
जेष्ठ ११ गते, २०८३ - ०९:२१
शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास
जेष्ठ ११ गते, २०८३ - ०९:१६
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...
जेष्ठ ११ गते, २०८३ - ०९:१५
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...
जेष्ठ ११ गते, २०८३ - ०८:४७
गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...
जेष्ठ ११ गते, २०८३ - ०८:४३
काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...
जेष्ठ ११ गते, २०८३ - ०८:३५
पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश
जेष्ठ ११ गते, २०८३ - ०८:३०
काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...
जेष्ठ ११ गते, २०८३ - ०८:१७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...
जेष्ठ ११ गते, २०८३ - ०८:१५
सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...



प्रतिकृया लेख्नुहोस्: