महेन्द«नगर । प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उनी यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेकले दिएको निर्देशनअनुरुप अस्पतालमा खटिएका छन् ।
सैनिक हवल्दार नेपालीको दैनिक अचेल मृतकका आफन्तलाई शव व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीबारे जानकारी गराउनदेखि मृतकको विवरण भर्ने, अस्पतालबाट महाकाली नदीका घाटसम्म शव पु¥याउन व्यवस्थापन गर्ने रहेको छ । “शुरुमा त कोरोना महामारीका रूपमा फैलिँदै गर्दा अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलहालमा घुलमिल भएर काम गर्न डर पनि थियो”, उनले भने, “पछि बानी पर्दै गयो र स्वास्थ्य सुरक्षालाई पनि ख्याल गर्दै दिइएको जिम्मेवारी निडर भएर पूरा गर्दैछौँ ।”
सेनातर्फ यहाँ कञ्चनपुर जिल्लाको श्रीदल गुल्मको जिम्मेवारी क्षेत्रमा पर्छ । सोहीअनुसार गुल्मले कोरोना कहरमा दिइएको जिम्मेवारीअनुसार यहाँको गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माणदेखि अन्य रणनीति बनाएर काम गरिरहेको छ । “कोरोना कहरमा सङ्क्रमणको सम्भावना त रहन्छ नै”, नेपालीले भने, “यहाँबाट अहिलेसम्म दैनिकजसो शवहरु व्यवस्थापनका लागि हाम्रै टोली घाटसम्म खट्दै आएको छ ।” उनले शववाहन जुटाउने तथा अस्पताल प्रशासनमार्फत स्वास्थ्य सामग्री मृतकका आफन्तलाई दिनेलगायतका काम सेनाले नै गरिरहेको बताए ।
“शव व्यवस्थापनमा खटिने हाम्रो पाँच जनाको टोली ब्यारेकमा पछि छुट्टै क्वारेन्टिइन बनाएर बस्छ”, उनले भने, “घाटमा पनि धार्मिक परम्पराअनुसार हामीले मृतकका आफन्तलाई दाहसंस्कार गर्ने वातावरण बनाएका छौँ ।” उनले पछिल्लो केही दिनयता मृत्युदर पनि घटिरहेको पाइएको बताए । “देशमा यस्तो समस्या परिरहेका बेला हाम्रो जिम्मेवारी, कर्तव्य र धर्मभित्र पनि पर्छ”, उनले भने, “देशले दिएको जिम्मेवारी बहन गर्नु हामी सिपाहीको धर्म हो ।”
गुल्मकै अर्का हवल्दार भुवन बस्याल एक महिना यहाँ सङ्क्रमितको शव व्यवस्थापनका खटिए । “शव व्यवस्थापन खटिँदाखटिँदै मलाई पनि सङ्क्रमण भयो”, क्वारेन्टिनमा रहेका उनले भने, “यस्तो महामारीमा ज्यान गुमाउने दाजुभाइको शव चितामा राखेर अन्तिम सलामी दिनु राम्रै कुरो हो ।” कोरोना निको हुने चरणमा रहेका उनले घर परिवारबाट पनि शव व्यवस्थापनमा खटिएको खबरले स्वास्थ्यप्रति ख्याल गर्न आग्रह आउने गरेको बताए । “घर परिवारबाट पनि ड्युटीमा रहँदा स्वास्थ्यको ख्याल गर्न भनिन्छ”, उनले भने, “यस्तो महामारीमा सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु सामाजिक दायित्वमा पर्छ ।”
त्यसैगरी श्रीदल गुल्मले वैशाख महिनामा मात्रै कञ्चनपुरमा ६० जनाको शव व्यवस्थापन गरेको गुल्मपति सेनानी प्रतीकसिंह कार्कीले जानकारी दिए । उनले शव व्यवस्थापनमा उच्च तालिमप्राप्त सैनिक टोली खटिएको जानकारी दिए । “प्रत्येक पाँच जनाको समूह बनाएर शव व्यवस्थापनमा चार टिम बनाएका छौँ”, उनले भने, “यस्तो महामारीमा दिएको जिम्मेवारी पूरा गर्नु हाम्रो दायित्वभित्र पर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: