काठमाडौं । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै कार्यकारी प्रमुख केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापलाई जिताउन अपिल जारी गरेका छन् ।
उपनिर्वाचनमा आफैले खडा गरेका उम्मेद्वार बादलले हार्ने अवस्था आएपछि निर्वाचनको अघिल्लो दिन ओलीले कार्यकारी शक्तिको दुरुपयोग गर्दै मौन अवधिमा बादलको पक्षमा लभिङ गरेका छन् । जबकि मंगलबार मात्रै निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै जेठ ३ गते रातिदेखि मौन अवधि सुरु भएको जनाएको थियो ।
आयोगले मंगलबार ४ गते राति १२ बजेदेखि मौन अवधिको आचारसंहिता लागु हुने भन्दै यसअवधिमा चुनाव प्रचार प्रसार गर्न र मत माग्न नपाइने, तथा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट पनि मत माग्न नपाइने जनाइएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मौन अवधिमा मत मागेमा निर्वाचन आचारसंहिता विपरीत हुने बताएका छन् । ‘निर्वाचन आचारसंहिता विपरीत मत मागेमा निर्वाचन आयोग ऐन २०७३ अनुसार कारबाही हुन्छ । उनले भने, ‘आयोगले अनुगमन गर्दा कसैले आचारसंहिता उल्लंघन गरेको देखिएमा त्यस्तो काम रोक्न आदेश दिन्छौं ।’
आचार संहिता उल्लंघन जारी राखेमा १ लाख जरिवाना र त्यस्तो कामबाट निर्वाचन नै प्रभावित हुने देखिएमा उम्मेदवारी नै रद्द हुने व्यवस्था पनि छ ।
भोलि हुने उपनिर्वाचनमा एमालेबाट नै दुई उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुदैछ । एमाले विभाजित हुँदा केपी ओलीको तर्फबाट माओवादी केन्द्रले कारवाही गरेका राबहादुर थापालाई उम्मेद्वार बनाइएको छ । माधव समूहबाट संघीय विज्ञ डा.खेमलाल देवकोटालाई विपक्षी कांग्रेस–माओवादी गठबन्धनले उम्मेद्वार बनाएका छन् ।
एमालेकै मत विभाजित हुने देखेका प्रधानमन्त्री ओलीले पार्टीको आधिकारीक उम्मेद्वारलाई भोट नहाले स्वीकार्य नहुने चेतावनी शैलीमा अपिल जारी गरेका छन् ।
यद्यपी माधव नेपालले विशेष पहलमा विपक्षी गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका देवकोटालाई जिताउन माधव समूहले नैतिकता प्रदर्शन गर्छ कि गर्दैन भन्नेमा सबैको चासो रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०९:२४
प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण
चैत्र २ गते, २०८२ - ०९:१०
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...
चैत्र २ गते, २०८२ - ०९:०७
बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...
चैत्र २ गते, २०८२ - ०८:२३
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...


प्रतिकृया लेख्नुहोस्: