Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

राष्ट्रिय सभा उपनिर्वाचनमा बादललाई मतदान गर्न प्रधानमन्त्री ओलीको अपिल, पार्टीको उम्मेद्वार बाहेक अरुलाई मतदान गरे स्वीकार्य हुदैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने वागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई मत दिन अपिल गरेका छन्।

अध्यक्ष ओलीले बुधबार पार्टीको तर्फबाट एक अपिल जारी गर्दै बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार थापालाई मत दिन उनले आग्रह गरेका हुन्। यस उपनिर्वाचनले विषेश महत्व राख्ने भन्दै पार्टी एकता, अनुशासनलाई स्थापित गर्न थापाको जित महत्वपूर्ण हुने जारी अपिलमा उल्लेख गरेका छन् । 


‘‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेद्वार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले  भनेका छन्, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु।’

ओलीले ०७५ जेठ ३ गते भएको पार्टी एकीकरणमा केही नेताहरुको स्वार्थका कारण एकता जोगाउन सम्भव नभए पनि कम्युनिष्ट पार्टीको विरासत एमालेले नै बोक्ने दावी गरेका छन् । पार्टीको विधि, प्रकृया र पद्धतिलाई आत्मसाथ गर्दै पार्टी अनुशासन कायम राख्नु सम्पूर्ण नेता  तथा कार्यकर्ताको कर्तव्य रहेको अपिलमा उल्लेख गरेका छन् । अध्यक्ष ओलीले आज निकालेको अपिलमा पार्टीका उम्मेदवारबाहेक अरूलाई मत दिनु कल्पनाबाहिरको भएकोसमेत बताएका छन्। यस्ता प्रवृत्ति स्वीकार्य नहुने पनि ओलीको भनाइ छ।


२०७४ सालमा भएको निर्वाचनमा  नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका बादल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि एमालेतर्फ लागेका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।

बादल विरुद्ध विपक्षी कांग्रेस–माओवादी तर्फबाट उम्मेद्वार बनेका संघीयता विज्ञ एवं एमालेकै विज्ञ समूहका नेता डा खेमलाल देवकोटा चुनावी मैदानमा उत्रिएका छन् । उनलाई एमाले विभाजन उन्मुख हुँदा माधव नेपालको विशेष पहलमा विपक्षी गठबन्धनबाट स्वतन्त उम्मेद्वार बनाइएको थियो । एमाले दुवै पक्ष मिलापत्र तर्फ अगाडि बढ्दा देवकोटा अन्यायमा परेका छन् । 
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending