काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने वागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई मत दिन अपिल गरेका छन्।
अध्यक्ष ओलीले बुधबार पार्टीको तर्फबाट एक अपिल जारी गर्दै बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार थापालाई मत दिन उनले आग्रह गरेका हुन्। यस उपनिर्वाचनले विषेश महत्व राख्ने भन्दै पार्टी एकता, अनुशासनलाई स्थापित गर्न थापाको जित महत्वपूर्ण हुने जारी अपिलमा उल्लेख गरेका छन् ।
‘‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेद्वार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले भनेका छन्, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु।’
ओलीले ०७५ जेठ ३ गते भएको पार्टी एकीकरणमा केही नेताहरुको स्वार्थका कारण एकता जोगाउन सम्भव नभए पनि कम्युनिष्ट पार्टीको विरासत एमालेले नै बोक्ने दावी गरेका छन् । पार्टीको विधि, प्रकृया र पद्धतिलाई आत्मसाथ गर्दै पार्टी अनुशासन कायम राख्नु सम्पूर्ण नेता तथा कार्यकर्ताको कर्तव्य रहेको अपिलमा उल्लेख गरेका छन् । अध्यक्ष ओलीले आज निकालेको अपिलमा पार्टीका उम्मेदवारबाहेक अरूलाई मत दिनु कल्पनाबाहिरको भएकोसमेत बताएका छन्। यस्ता प्रवृत्ति स्वीकार्य नहुने पनि ओलीको भनाइ छ।
२०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका बादल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि एमालेतर्फ लागेका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।
बादल विरुद्ध विपक्षी कांग्रेस–माओवादी तर्फबाट उम्मेद्वार बनेका संघीयता विज्ञ एवं एमालेकै विज्ञ समूहका नेता डा खेमलाल देवकोटा चुनावी मैदानमा उत्रिएका छन् । उनलाई एमाले विभाजन उन्मुख हुँदा माधव नेपालको विशेष पहलमा विपक्षी गठबन्धनबाट स्वतन्त उम्मेद्वार बनाइएको थियो । एमाले दुवै पक्ष मिलापत्र तर्फ अगाडि बढ्दा देवकोटा अन्यायमा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ०८:४०
काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...
माघ १६ गते, २०८२ - ०८:३१
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...
माघ १६ गते, २०८२ - ०८:२५
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...
माघ १६ गते, २०८२ - ०७:५०
मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...
माघ १६ गते, २०८२ - ०७:४६
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...
माघ १६ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...
माघ १६ गते, २०८२ - ०७:२३
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...
माघ १६ गते, २०८२ - ०७:१८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...
माघ १६ गते, २०८२ - ०७:१४
कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...
माघ १६ गते, २०८२ - ०७:११
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...




प्रतिकृया लेख्नुहोस्: