Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

हिम्मत हार्दैनौँ, कम्युनिष्ट एकता आवश्यक छ : श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीबीचको एकता आवश्यक रहेको बताएका छन् । श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्त गर्न कम्युनिष्ट एकता आवश्यक रहेको बताएका हुन् ।  

नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकिकरण गरिएको भए पनि देशी विदेशी शक्तिहरुको योजनामा पार्टी फुटाइएको उनको भनाइ छ । 

पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्‍याउन नसक्नु पनि कमजोरी भएको उनले बताए । कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ छ । 

‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ । पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर रुप र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्‍यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ,’ श्रेष्ठले भने, ‘अब हामीले फेरि कम्युनिष्टलाई कसरी एकताबद्ध गर्ने ? तर वैचारिक राजनीतिक कार्यदिशालाई सही ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’

नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औँल्याए । उनले कम्युनिष्ट पार्टीबीचको एकीकरण गर्न हिम्मत नहार्ने उनको भनाइ छ ।

‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ,’ उनले भने, ‘तर हामी हिम्मत हार्दैनौँ । कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन । हामीले बाह्य शक्तिहरुको हस्तक्षेपबाट देशको स्वाधिनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरी एकिकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।’ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रब...

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाल...

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE