काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएका छन् । सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकचाँजलाई पनि कडा बनाइएको बताएका हुन् । अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन नचलेको उनले दाबी गरे ।
‘नियमित रुपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गरिरहेका छौँ । हामीले विभिन्न कामको चेक गर्दै अहिले नागढुंगा नाकामा आइसकेका छौँ । अत्यावश्यक गाडी बाहेक अरु कुनैपनि चलेको अवस्था छैन । निषेधाज्ञा पूर्ण पालना भएको छ । कार्यान्वयन भएको छ । चेक जाँचलाई कडा बनाइएको अवस्था छ,' उनले भने, 'यो अवधिमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना सबैको संयोजनमा प्रभावकारी रुपमा नै कार्यसम्पादन गरेको अवस्था छ । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिलाई ६ लाख जरिवाना गरिसकेको छ । अहिलेसम्म ३० हजार गाडीहरु होल्डिङमा परेको अवस्था छ ।’
पराजुलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त संयोजनमा प्रभावकारी रुपमा कार्यसम्पादन भएको पनि बताए । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिहरुलाई कारबाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको तथा निषेधाज्ञाको उल्लंघन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न चेक पोइन्टहरुमा अनुगमनलाई तिव्रता दिइएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...
माघ १८ गते, २०८२ - ०८:४२
काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रब...
माघ १८ गते, २०८२ - ०८:४०
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाल...
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...



प्रतिकृया लेख्नुहोस्: