Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

१२ बुँदामा उपेन्द्र यादवको प्रश्न : ओलीले मधेसका के-के माग पूरा गरिदिए ? 

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्‍नै नेताहरूसँग प्रश्‍न गरेका छन् । मधेसको माग पूरा गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनतालाई भ्रममा पारेको उनले बताएका छन् ।

'मधेशका मूलमाग र मुद्दाहरु के के हुन् ? के पी ओलीले के के पूरा गर्ने भए ?' उनले प्रश्‍न गरेका छन् । 'ओलीले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन भन्ने स्वघोषित मधेसी नेताले भन्नू पर्छ यी मध्ये कुन कुन माग पुरा गरिदिए ? नत्र झुठो बोली मधेसोहरुलाई भ्रममा पारी  धोखा दिने र आफ्नो स्वार्थ पुर्ति गर्ने काम नहोस्' उनले लेखेका छन् ।

उपेन्द्र यादवले लेखेको जस्ताको त्यस्तै
मधेशका मूलमाग र मुद्दाहरु के के हुन् ? के पी ओलीले के के पूरा गर्ने भए ?
१. आत्मनिर्णयको अधिकारका साथै  स्वयत्त मधेश प्रदेश सहित पहिचानमा आधारित (१० +१ ) प्रदेशको स्थापना ।
२. समनुपतिक निर्वाचन प्रणाली ।
३. शासन - प्रशासन , न्यायपालिका , सेना, प्रहरी , कर्मचारीतन्त्र आदिमा  सामुदायिक / जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण ।
४.सरकारी कामकाजी भाषामा समान- बहुभाषिक नीति ।
५. मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।
६. दलित , महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको ब्यबस्था ।
७. राज्यद्वारा प्रदन गरिने सेवा, सुबिधा र अवसरमा समान पहुचको प्रत्याभूति ।
८. वर्ग, वर्ण , लिङ्ग , जात / जातिका आधारमा हुने शोषण, उत्पीडन र बिभेद्को अन्त्य ।
९. नागरिकता समस्याको समाधान ।
१०. जल, जङ्गल र जमीनमाथिको अधिकार ।
११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरुको समाधान ।
१२. मधेस र थरुहट आन्दोलनको दौरान लगाइएका मुद्दहरुको खारेजी , रेशम चौधरी लगायत सम्पुर्ण राजबन्दीहरुको रिहाई ।
के. पी. ओलिले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन भन्ने स्वघोषित मधेसी नेताले भन्नू पर्छ यी  मध्ये कुन कुन माग पुरा गरिदिए ? नत्र झुठो बोली मधेसोहरुलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थ पुर्ति गर्ने  काम नहोस् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगाको चम्पादेवीमा ट्याक्टर दुर्घटना हुँदा एकजनको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं ९ मा  ट्याक्टर  दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा परि मृत्यु हुनेमा ट्याक्टर...

‘पत्रकारितामा उत्कृष्टताका लागि मदन ढकाल स्मृति पुरस्कार’ ढकाललाई

झापा । पत्रकारितामा उत्कृष्टताका लागि यस वर्षको ‘मदन ढकाल स्मृति वीरता पुरस्कार’ पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ ।  पूर्वाञ्चल दैनिकका अनलाइन...

८२ शाखा अधिकृतको पदस्थापन (सूचीसहित)

काठमाडौं । ८२ जना शाखा अधिकृतको पदस्थापन भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८२ जना शाखा अधिकृतहरुको पदस्थापन गरे...

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू ख...

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित स...

मङ्गोलियाको जङ्गलमा आगलागी हुँदा ७० हजार हेक्टरभन्दा बढी जमिन नष्ट

काठमाडौं ।  यस वर्षको सुरुदेखि मङ्गोलियामा २९ वटा वन तथा घाँसे मैदान क्षेत्रमा आगलागी भएको समाचार छ  । आगलागीबाट  ७० हजार एक सय ७२ वन तथा घाँसे मैदान ...

‘सिरानीको साथी’ भन्दै दिक्पालले सेजललाई गरे विदेश नजान अनुरोध

काठमाडाैं । गायक बसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गी...

औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै शिक्षाको आवश्यकतामा जोड

काठमाडौं । राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे  अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्...

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौं ।  नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौंमा सार्वजनिक गरिएको छ । यो एल्बममा गौत...

शेयर बजार निरन्तर ओरालाे लाग्दै, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९९१ दशमलव ७१ को बिन्दु...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies