Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

व्यक्तिगत प्रयोजनका लागि अक्सिजन लगेको छैन : नेपाल प्रहरी

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिडिण्डर लगेको भन्ने आरोप कपोलकल्पित रहेको भन्दै दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालायले आज एक विज्ञप्ति जारी गरी प्रहरीका विरुद्धमा केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाउँदै त्यस्तो भ्रामक प्रचारप्रति विश्वास नगर्न अनुरोध गरेको छ ।

'नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डर लैजाने गरेको भन्ने कपोलकल्पित आरोपमा सत्यता नरहेको प्रष्ट गर्दै वर्तमान विषम घडीमा निष्ठापूर्वक खटिने प्रहरी सङ्गठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाइनु र सामाजिक सञ्चालमा प्रचारित गरिनु दुःखद छ', सचिवालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुःखद घडीमा एक जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानी खटिएका प्रहरीका तमाम कर्मचारीले निर्वाह गरेको कर्तव्यपालनाका सम्बन्धमा नै गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु सर्वथा अनुचित रहेको प्रहरीले जनाएको छ । 

कोभिड महामारी हुनु पूर्वदेखि नै प्रहरी अस्पतालले शङ्कर अक्सिजन प्लान्ट बालाजुबाट अक्सिजन नियमित लिने गरेको जानकारी गराउँदै प्रहरीले यस महामारीमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले प्रहरी अस्पताललाई तोकेको कोटा (२०० सिलिण्डर) भन्दा न्युन अक्सिजनबाट अस्पताल सञ्चालन भइरहेको जनाएको छ । विज्ञप्तिमा अहिले पनि अस्पतालमा २०८ कोभिडका बिरामीको निःशुल्क उपचार भइरहेकाले उनीहरुका लागि अक्सिजन आवश्यक रहने स्पष्ट पारेको छ ।

सचिवालयले महामारीको समयमा स्थितिलाई निस्तेज पार्न संयुक्त प्रयास जारी राखेको र उपचारमा अक्सिजनको कमी हुन नदिन नेपाल प्रहरीले विभिन्न प्रयोजनमा रहेका सात हजारभन्दा बढी उपयोगी अक्सिजन सिलिण्डर नियन्त्रणमा लिई देशभरका विभिन्न अस्पतालमा वितरण गरेको जानकारी गराएको छ । सङ्क्रमणबाट बच्न सर्वसाधारणलाई निःशुल्क मास्कसमेत वितरण गर्दै आएको र आगामी दिनमा पनि महामारी विरुद्धको अभियानमा सक्रियतापूर्वक लाग्न दृढ सङ्कल्पित रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

'आम नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, स्वास्थ्य क्षेत्रमा देखिएका प्रतिकूलताबीच निदानमा हाम्रो पनि योगदान रहन्छ भन्ने अभिप्रायले प्रहरी कर्मचारीका लागि भनी निर्माण ग्िएको प्रहरी अस्पतालले कोभिड सङ्क्रमित आमनागरिकको उपचारमा यथाशक्य स्थान दिएको छ', विज्ञप्तिमा उल्लेख छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

‘गाई काट्ने’ अभिव्यक्तिमा विवाद : खगेन्द्र सुनारलाई रास्वपाको चेतावनी, सार्वजनिक रूपमा क्षमायाचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान्ले गरे प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE